२०८२, भाद्र ९ गते

Aug 25 2025 | २०८२, भाद्र ९ गते

रिशानी माफ होस्....

शुक्रवार , आषाढ ८, २०८०

  • 8.5K
    Shares
  • 8.5K
    Shares
  • आफ्नो घरमा पालेको कुकुरले
    एका बिहानै अर्काको घर अगाडी सौच
    गरेको देख्दा,
    आफ्नो घरको कुकुरले
    बालबालिका, महिला र वृद्धालाई
    झमटेको देख्दा, आनन्द लाग्छ ।

    भेटघाट तथा समारोहमा,
    आफु बुद्दिजीबी भनि परिचय दिएको देख्दा ।
    बोल्दा पनि पैसा पर्छ की जस्तो गरी
    प्रस्तुत भएको देख्दा,
    सोहि व्यक्तिले बिहान झिसमिसेमा
    अर्काको बारी तथा गमलामा लगाएको
    फुल चोरेको देख्दा आनन्द लाग्छ ।

    बाटो हिड्ने बटुवालाई हिड्नै गारो हुनेगरी
    जथाभाबी गाडी पार्किङ्ग गरेको देख्दा,
    कसैले भन्यो भने नसुनेको जस्तो गरेको देख्दा ।
    तर आफ्नो गाडीको त्रिपाललाई हावाले उडाउदा
    सुरक्षा भएन भनेर हल्ला गरेको सुन्दा
    आनन्द लाग्छ ।

    ठुला ठुला ट्रीपरले, रातको चार बजे ।
    अर्काको घर अगाडी, रोडा, बालुवा
    खसालेर अर्काको निन्द्रा भंग गरेको देख्दा
    भरखर गरेको पिचलाई ठुला ठुला गाडीले
    ध्वस्त बनाएको देख्दा, प्रतेक बर्ष त्यही पिचलाई
    फेरि टाल्टुल गरेको देख्दा आनन्द लाग्छ ।

    फोहर फल्न राखिएका डस्टबिनलाई
    लात्ताले हान्दै हिडेको देख्दा,
    अर्काको खाली जग्गामा कसैले देख्छ की भनि
    हत्तार हतार आफ्नो घरको फोहर फालेको देख्दा
    जमघट हुदा आफ्नो देश फोहोर भयो भनि
    गफ चुटेको देख्दा आनन्द लाग्छ ।

    धारोमा पानी नआए पनि,
    पानीको महसुल तिरेको देख्दा
    आफ्नो घरको धाराको टुटी हेर्दै
    ट्यांकीको पानी किनेर ल्याएको देख्दा
    धाराको पानी पिउन नपाए पनि
    पानीको महसुल जरिवाना सहित
    तिरेको देख्दा आनन्द लाग्छ ।

    प्रचण्ड गर्मीमा, बत्ति झ्याप झ्याप निभेको देख्दा
    बत्तीका कारण देशका उद्योगहरु बन्द गर्नुपर्ने
    अवस्था देख्दा, त्यही बिधुत् प्राधिकरणले 
    आफ्नो देशमा अध्यारो बनाई, बिदेशमा
    बिजुली बेचेको देख्दा, आनन्द लाग्छ ।

    कुनै सभा समारोहमा जादा 
    म त फलानो अड्डाको ठुलो हाकिम थिए भनि
    आफ्नो परिचय दिएको देख्दा,
    बाटोमा जम्का भेट हुदा, नमस्ते गरी हाल्छ
    कि भनी टुलुटुलु अरुको मुखमा हेरिरहेको देख्दा
    कसैले नमस्ते नगर्दा, चाउरे मुख लाएर
    अर्कै तिर हेरेको देख्दा, आनन्द लाग्छ ।

    आफ्नो पालामा गरेको कुकर्मलाई 
    ढाक छोप गर्न, धार्मिक कार्यक्रममा
    निकै जोडतोडले खटेको देख्दा
    आफ्नो पालामा अबैध तरिकाले आर्जन
    गरेको धनलाई सार्बजनिक समारोहमा
    ठुलै चन्दा दिएर दानबिर बनेको देख्दा
    आनन्द लाग्छ ।