२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

नेपाल बैंकद्वारा बाल मावि बाणगंगालाई कम्प्युटर प्रदान

शुक्रवार , आषाढ ८, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, ८ असार ।
    नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालयले कपिलवस्तु जिल्लाको एक सामूदायिक विद्यालयलाई एक थान कम्प्युटर प्रदान गरेको छ । 

    शुक्रबार एक कार्यक्रमकाबीच बैंकको प्रदेश कार्यालयले कपिलवस्तुको बाणगंगा नगरपालिका–१ बैरियास्थित श्री बाल माध्यमिक विद्यालयलाई  सामाजिक उत्तरदायित्व अन्तर्गत कम्प्युटर प्रदान गरेको बैंकका प्रदेश प्रमुख  सुशील कुमार नेपालले बताए । 

    कम्प्युटर प्रदान गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले सामूदायिक विद्यालयलाई कम्प्युटर प्रदान गर्दा अध्ययनरत विद्यार्थीहरुलाई पठनपाठनमा सजिलो हुने बताए । कम्प्युटर विद्यार्थीको प्रयोजनको लागि दिइएको बैंकले जनाएको छ।

    विद्यालयका प्राचार्य टिकाराम पौडेलले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगले पठनपाठनमा मद्दत पुग्ने बताए ।

    कार्यक्रममा बैंकका प्रदेश प्रवन्धक सुपज ज्ञवाली, भैरहवा शाखाका शाखा प्रबन्धक विश्वराज अधिकारी, चौराहा शाखा (बुटवल) का शाखा प्रबन्धक कृष्ण  के.सी., वाणगंगा शाखाका शाखा प्रबन्धक चादनी तिवारी, विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।