images

आइतवार, बैशाख १६ गते २०८१

तिलोत्तमाको नीति तथा कार्यक्रम : किसानको उत्पादन हातमा, अनुदान साथमा

तिलोत्तमाको नीति तथा कार्यक्रम : किसानको उत्पादन हातमा, अनुदान साथमा

images
images
images
आइतवार, आषाढ १० २०८०
आइतवार, आषाढ १० २०८०
  • तिलोत्तमाको नीति तथा कार्यक्रम : किसानको उत्पादन हातमा, अनुदान साथमा

    तिलोत्तमा, १० असार ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशनले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सर्वसम्वत रुपमा पारित गरेको छ । नगरप्रमुख रामकृष्ण खाणद्वारा प्रस्तुत गरिएको १ सय ५५ बुंदामा समेटिएको नीति तथा कार्यक्रम नगरसभाले पारित गरेको हो । नीति तथा कार्यक्रम पारित भएसँगै अब बजेट ल्याउनका लागि बाटो खुलेको छ ।

    images

    नीति कार्यक्रमको लक्ष्य ‘समृद्ध नगर खुशी नगरबासी’ रहेको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा टेकेर नगरको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका उद्धेश्य, लक्ष्य, रणनीति र कार्यनीति सहितको स्पष्ट विकासको खाका निर्धारण गरिएको नगरप्रमुख खाणले बताए ।

    नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि, पशु, रोजगारी, पर्यटनतर्फ खेतबारीमा उत्पादन, हातहातमा अनुदानको नीति अपनाइनेछ । नगरका प्रमुख बालीहरुमा देखापर्ने रोगहरुको शीघ्र निदानको लागि नगर क्षेत्रभित्र विशेषज्ञसहितको बाली उपचार शिविर सञ्चालन गरिनेछ । बाली बीमा कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

    नगरपालिकामा एक भूमि बैंक स्थापना गरिनेछ जहाँ सार्वजनिक तथा नदी उकास जग्गाको लगत संकलन गरी उक्त जग्गामा वैदेशिक रोजगारीबाट फर्किएका युवा, स्थानीय युवा, आमा समूह, यूवा क्लब तथा यस्तै प्रकृतिका सामुदायिक संघ–संस्थाहरुलाई तुलनात्मक लाभ बढी हुने किसिमका फलफूल तरकारी खेती तथा अन्य कृषिजन्य उत्पादनका लागि प्रोत्साहन गरिनेछ । सामूहिक खेती प्रणाली अवलम्बन गर्ने समूहहरुलाई जोताईमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ । मेड इन तिलोत्तमा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरिनेछ । विभिन्न सुपर मार्केटहरुसँग सम्झौता गरी उक्त बजारहरुमा तिलोत्तमाको उत्पादन विक्री वितरणको व्यवस्था गरिएको नगरप्रमुख खाणले बताए । 

    नगरपालिकामा एक भूमि बैंक स्थापना गरिनेछ जहाँ सार्वजनिक तथा नदी उकास जग्गाको लगत संकलन गरी उक्त जग्गामा वैदेशिक रोजगारीबाट फर्किएका यूवा, स्थानीय यूवा, आमा समूह, युवा क्लब तथा यस्तै प्रकृतिका सामूदायिक संघ–संस्थाहरुलाई तुलनात्मक लाभ बढी हुने किसिमका फलफूल तरकारी खेती तथा अन्य कृषिजन्य उत्पादनका लागि प्रोत्साहन गरिनेछ । सामूहिक खेती प्रणाली अवलम्बन गर्ने समूहहरुलाई जोताईमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ ।

    पशु सेवालाई प्रभावकारी रुपमा सम्पादन गरि पशुपंक्षीहरुको आकस्मिक उद्दार तथा उपचार सेवा प्रदान गर्नको लागि विशेषज्ञ पशु चिकित्सकसहितको ‘भेट एम्बुलेन्स’ सेवा सञ्चालन गरिनेछ । देशव्यापी रुपमा पशुहरुमा देखा परेको खतरनाक ‘लम्पी स्किन’ रोगविरुद्धको खोप नगर क्षेत्रभित्र रहेका सम्पूर्ण गाईहरुलाई निःशुल्क उपलब्ध गराइने नगरप्रमुख खाणले बताए ।

    स्थानीयस्तरदेखि नै डिजल, पेट्रोल, एल.पी.जी. ग्यासको खपत कम गरी मुलुकको चुलिँदो व्यापार घाटालाई कम गर्न तथा देशभित्र उत्पादित बिजुलीको स्थानीय खपत बढाई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न नगरपालिका क्षेत्रभित्रको सिक्सलेन सडक अन्तर्गत उपयुक्त स्थानमा विद्युतीय सवारी चार्ज गर्नको लागि चार्जिङ्ग स्टेशन स्थापना गरी संचालन गरिनेछ । आगामी दिनमा नगरपालिकाले खरिद गर्ने गाडीहरु अनिवार्य रुपमा विद्युतीय गाडी हुनुपर्ने व्यवस्था गरिनेछ ।

    उज्यालो तिलोत्तमा अभियान अन्तर्गत १७ वटै वडाका प्रमुख रणनैतिक स्थानहरुमा मिनी–मास्ट बत्ती जडान गरिनेछ । आवश्यकता आधारमा नगरका भित्री सडकमा स्ट्रिट लाइट जडान गरिनेछ । शंकरपुर चोकदेखि नगर कार्यपालिका कार्यालयसम्म लागि निःशुल्क ई– रिक्साको व्यवस्था गरिनेछ भने नगर बस सञ्चालन गरिनेछ । 
    ‘सिंचाइमा लगानी, खेतबारीमा पानी’ अभियान अन्तर्गत नगर क्षेत्रभित्र सञ्चालित सोह, छत्तिस सिंचाइ प्रणाली लगायतका सामूदायिक सिंचाई प्रणालीहरुको मर्मत, सुधार, तथा सवलिकरण गरिनेछ । नगर क्षेत्रभित्र सञ्चालित सञ्चारका माध्यमहरुको विकास तथा विस्तारको लागि सहयोग तथा पहल गरिनेछ । तिलोत्तमामा कार्यरत पत्रकारहरुको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

    ‘नगरसँग जनताको आश : व्यवस्थित र सरल नक्सा पास’ घर नक्साको कार्यका लागि फरक फरक २० वटा नक्साको डिजाइन नगरपालिका आफैले तयार गरि नगरबासीलाई निःशुल्क प्रदान गरिनेछ । 

    नो हर्न नगरपालिका, वातावरणमैत्री स्थानीय शासन कार्यक्रम, छाडा चौपाया व्यवस्थापनका लागि पशु दर्ता तथा व्यवस्थापन प्रणाली, गुट्खाजन्य पदार्थ बेचबिखन नियन्त्रण र फोहोरमैला वर्गीकरणको कार्यलाई कडाइका साथ कार्यान्वयन गर्दै त्यसको दिगोपना कायम राख्न टोल विकास संस्था, यूवा क्लब, आमा समूह, नगर बाल संजाल, आम संचार जगत, विद्यालयहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रभावकारी परिचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij