२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

लुम्बिनी साँस्कृतिकले ल्यायो ८२ करोड ९९ लाख रुपैयाँको बजेट

आइतवार , आषाढ १०, २०८०

लुम्बिनी, १० असार ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औं नगरसभाले आगामी वर्ष २०८०/०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण अनुदानतर्फ १७ करोड ३१ लाख, सशर्त अनुदानतर्फ ३४ करोड ३२ लाख, राजश्व बाँडफाडतर्फ १४ करोड ४१ लाख ९७ हजार समपुरक अनुदानतर्फ १ करोड ३० लाखको अनुमान गरिएको छ । 

त्यस्तै प्रदेश सरकार समानीकरण अनुदानतर्फ १ करोड ३१ लाख ६७ हजार सर्शत अनुदान १ करोड ११ लाख ५० हजार, राजश्व बाँडफाडतर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ । साथै, गत वर्षको अल्या बैँक मौज्दात ३ करोड, सडक बोर्डतर्फ ४० लाख गरी आगामी वर्ष २०८०/०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

आ.व २०७९/०८० को असार १० गतेसम्म आइपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालुतर्फ खर्च भएको जनाइएको छ ।

नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०/०८१ लागी प्र्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएको छ । नगरप्रमुख सजरुद्दीन मुसलमानले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिइएको उल्लेख छ ।

kfl/t lglt tyf sfo{qmd M

(क)  शिक्षायुवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम

१.    नगर शिक्षा विकास कोषलाई निरन्तरता दिई बिद्यालयहरुमा सिकाइ सहजीकरणका लागि स्वयमसेवक शिक्षकको व्यवस्था गरिनेछ ।

२.    शिक्षाको जगलाई बलियो बनाउनको लागि बाल विकास सहजकर्ताहरुका लागि  सीप विकास तालिमको व्यवस्था गरिनेछ ।

३.    सबै माध्यमिक विद्यालयहरुमा वेaसाइट निर्माण गरी सञ्चालन गरिनेछ । अन्य विद्यालयहरुमा विद्यालयका अभिलेखहरुलाई डिजिटलाइज्ड गरी विद्युतीय पठनपाठन प्रकृयालाई प्रोत्साहन गरिनेछ ।

४.    विद्यालयको सूचना प्रणालीलाई प्रभावकारी र सशक्त तुल्याउनका लागि इमिस तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ ।

५.    सामुदायिक तथा धार्मिक विद्यालयहरुमा व्यवस्था हुँदै आएको दिवा खाजामा गुणस्तरीयता तथा एकरुपता कायम गर्न नगरस्तरीय खाजा मेनु तयार गरी कार्यान्वयन गरिनेछ ।

६.    सामुदायिक सिकाइ केन्द्रलाई संघीय निर्देशिका बमोजिम तथ्याङ्क संकलन, साक्षारता तथा क्षमता विकास क्षेत्रका कार्यक्रममा क्रियाशिल बनाइनेछ ।

७.    नगरभित्रका विद्यालयहरुमा शैक्षिक डायरी र शैक्षिक पात्रो निर्माण गरी शैक्षिक गतिबिधिमा एकरुपता कायम गरिनेछ ।

८.    स्थानीय पाठ्यक्रम निर्माण गर्दा तहगत रुपमा कक्षा १ देखि ५ र कक्षा ६ देखि ८ को निर्माण कार्य अगाडि बढाइनेछ । पाठ्यक्रम निर्धारण गर्दा उर्दु भाषालाई समेत समावेश गरिनेछ ।

९.    विद्यार्थीहरुमा रहेका अन्तरनिहित प्रतिभाहरुको विकास गर्न नगरस्तरीय चित्रकला, कविता लेखन, निवन्ध लेखन, वक्तृत्वकला,  नृत्य, गायन तथा हाजिरीजवाफ प्रतियोगिताहरुको आयोजना गरिनेछ ।

१०.    शिक्षाको गुणस्तर शिक्षकको गुणस्तर भन्दा माथि हुन नसक्ने मान्यतालाई आत्मसात गरी सामुदायिक विद्यालयको रुपान्तरणको लागि उत्प्रेरित एवम् समर्पित शिक्षक भन्ने नाराका साथ  शिक्षकहरुलाई पेसाप्रति र विद्यार्थीलाई अध्ययन प्रति समर्पित बनाउन स्थानीय तहबाट उत्प्रेरणामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

११.    सामुदायिक,धार्मिक र संस्थागत  विद्यालयहरुबीच एक आपसमा सफल सिकाई अभ्यासहरुलाई सहयोगात्मक गतिविधि आदान-प्रदान कार्यक्रम सञ्चालन गरिनेछ ।

१२.    सम्पूर्ण प्रधानाध्यापकहरुको सहभागितामा राष्ट्रिय स्तरमा उत्कृष्ट ठहरिएका विद्यालयहरुको अवलोकन भ्रमण गरी असल अभ्यासहरुलाई  विद्यालयहरुमा अनुकरण गर्ने गराउने उद्देश्यका साथ शैक्षिक अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरिनेछ ।

१३.       केन्द्रिय नीति अनुरुप बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक  र सुविधा समायोजन गरिनेछ ।

१४.       ''स्वच्छ विद्यालय स्वस्थ विद्यार्थी'' भन्ने मान्यताका साथ विद्यालयको शौचालय सरसफाइका लागि पूर्णकालीन सफाइकर्मी वा घुम्ती सफाइकर्मीको आवश्यक व्यवस्था गरिनेछ  ।

१५.    नगरपालिकाभित्र सञ्चालनमा रहेका सामुदायिक विद्यालयहरुको परीक्षामा एकरुपता कायम गरी विश्वसनीय, वैध तथा विशिष्टिकरण तालिका बमोजिम परीक्षा सञ्चालन गर्ने हेतुले विद्यालयका शिक्षकहरुलाई प्रश्नपत्र निर्माणल सम्बन्धी कार्यशाला गोष्ठी सञ्चालन गरिनेछ ।

१६.       नगरपालिकाका प्रत्येक विद्यालयहरुमा पुस्तकालयको प्रवर्द्धन गरिनेछ।

१७.    वातावरणीय तथा सौन्दर्यता पूर्ण विद्यालय निर्माणका लागि एक विद्यालय एक बगैचाको अबधारणाका साथ क्रमशः प्रत्येक विद्यालयमा लागू गरिनेछ।

१८.    नगरपालिका क्षेत्र भित्रका प्रधानाध्यापकहरुको शिक्षा नियमावली बमोजिम आवधिक रुपमा हेरफेरको प्रबन्ध मिलाइनेछ ।

१९.    यस नगरपालिकाका मदरसामा आवश्यक शिक्षकको प्रबन्ध मिलाइनेछ ।

२०.    विद्यालय र शिक्षकहरुलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राखिनेछ साथै शिक्षक शिक्षिकाहरुलाई राजनीतिमा भाग लिने, राजनीतिक गतिबिधिमा संलग्न रहने अवस्थालाई निरुत्साहन गरिनेछ ।

(ख) युवा तथा खेलकुद सम्बन्धी नीति तथा कार्यक्रम

१.    खेलकुद क्षेत्रको विकासका लागि आवश्यक कानुन निर्माण तथा रणनीति तयार गरी नगर खेलकुद विकास समिति गठन गरिनेछ ।

२.    नगरपालिका भित्रका साहित्य,कला र संस्कृतिका लागि समिति गठन गर्ने कार्यलाई अगाडि बढाइने छ ।

३.    लुम्बिनी साँस्कृतिक नगरपालिकाभित्र युवा सशक्तिकरणका निम्ति युवा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरिनेछ ।

४.    सामुदायिक सिकाई केन्द्रलाई सामुदायिक मनोरञ्जनस्थल र चेतना प्रवाह केन्द्रको रुपमा समेत विकास गरिनेछ ।

५.    नगरस्तरीय मेयर अन्तर विद्यालय खेलकुद कार्यक्रम र राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितालाई नियमित रुपमा सञ्चालन गरिनेछ ।

(ग) स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम

१)                प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्रहरूको स्थापना साथै कर्मचारी व्यवस्थापन गरिनेछ।आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाइनेछ ।

२)                सबै स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्तिको व्यवस्था गरी कार्य सम्पादन सूचकका आधारमा नियमित अनुगमन र मुल्याङ्कन गरिनेछ।

 

३)                नगरपालिका भित्र रहेका सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने गरीसचेतनामूलक कार्यक्रम कार्यान्वयन गर्दै प्रचारप्रसार सहित विमा कार्यक्रम लागु गर्न सम्बन्धित निकायमा पहल गरिनेछ। साथै गरिव परिचय पत्रका आधारमा एक घर एक सदस्यलाई निशुल्क स्वास्थ्य विमाको व्यवस्था गरिनेछ ।

४)                आँखा परीक्षण¸ पाठेघरको क्यान्सर लगायतका रोगहरुको समयमै पहिचान र निदानका लागि घुम्ती स्वास्थ्य शिविरको व्यवस्था गरिनेछ।मोतिविन्दु भएकाहरुका लागि निःशुल्क अपरेसनको व्यवस्था मिलाइने छ ।

५)                खोप, परिवार नियोजन, क्षयरोग, कुष्ठरोग तथा पोषण साथै अन्य कार्यक्रमहरू प्रभावकारी रुपमा सञ्चालन गरिने छ।

६)                नगरपालिकालाई शुन्य होम डेलीभरी (Zero Home Delivery )को रूपमा घोषणा गराउनका लागि आमा सुरक्षाकार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै गर्भवती र सुत्केरी आमाहरूकालागि नेपाल सरकारले तोकेको आमा सुरक्षा सम्बन्धी प्रोटोकल अनुसारको चारपटकको जाँच र स्वास्थ्यल संस्थामा डेलीभरी हुने आमाहरूकालागि सुत्केरी पोषण झोला वितरण कार्यक्रम सञ्चालन गरिनेछ ।

७)                गर्भवती आमाहरुलाई गर्भवती भएको तीन  महिना पूरा भए देखि स्वास्थ्य सँस्थामार्फत् निशुल्क क्याल्सियम चक्की वितरणको व्यवस्था मिलाइनेछ।

८)                लुम्बिनी सांस्कृतिक नगरपालिकामा सञ्चालनमा रहेको एउटा मात्र चौबिस घण्टेप्रसुती सेवालाई अन्य थप स्वास्थ्य संस्थाहरूमा वर्थिङ सेन्टर का रुपमानिर्माण गरी विस्तार गरिनेछ।

९)                ज्येष्ठ नागरिक, बालबालिकातथा महिलाहरुकाल लागि स्वास्थ्य शिविर सन्चालन गरी विशेषज्ञ सेवा प्रदान गरिने छ ।

१०)        नगरपालिकाभित्र कार्यरत सबैमहिलास्वास्थ्यस्वयमसेविकाहरूलाई समान रुपमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ। ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक बिदाई गर्न आवश्यक रकमको व्यवस्था मिलाइनेछ।

११)          सबै स्वास्थ्य संस्थाहरूमा नियमितरूपमा वर्ष भरी नै अति आवश्यक औषधिहरूको निःशुल्क वितरणको व्यवस्था गरिनेछ।

१२)          सरकारी तथा गैह्रसरकारी संस्थाहरुको समन्वयमा विभिन्न किसिमका सर्ने तथा नसर्ने रोगहरुको बारेमा सचेतना कार्यक्रम, सुरक्षात्मक कार्यक्रम र उपचारात्मक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

१३)          सबै स्वास्थ्य संस्थाहरुमा शुद्ध खानेपानी तथा फोहोरमैला व्यवस्थापनको लागि वडा कार्यालयहरु मार्फत बजेटको व्यवस्था मिलाइनेछ ।

१४)          सबै स्वास्थ्य संस्थाहरूको सञ्चालन तथा व्यवस्थापनका लागि अनुदान रकमको व्यवस्था गरिनेछ।

१५)          सञ्चालित कार्यक्रमहरूको सूचकमा आधारित मासिक/चौमासिक समीक्षा गरी कार्यक्रमको प्रभावकारिता विश्लेषण गर्ने व्यवस्था मिलाइनेछ।

१६)          नगर कार्यपालिका कार्यालय तथा सबै स्वास्थ्य संस्थाहरूमा औषधि भण्डारण तथा अन्य उपकरण व्यवस्थापनलाई व्यवस्थित गरिनेछ।

१७)           प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत प्रसुती सेवाप्रदायकहरूलाई रात्रिकालीन र जोखिम भत्तालाई निरन्तरता दिइनेछ।

१८)          ७० वर्षमाथिका जेष्ठ नागरिकलाई स्वास्थ्यकर्मीद्वारा घरदैलो स्वास्थ्य जाँच तथा उपचारकार्यक्रम हरेक ४ /४ महिनामा सञ्चालन गरिनेछ।

१९)          नगरपालिका अन्तर्गतका सम्पूर्ण मधुमेह र उच्च रक्तचापको विरामीहरुको लागि निशुल्क औषधि उपलब्ध गराउने नीति अवलम्बन गरिनेछ।

२०)          २ बर्ष सम्मका वालबालिकाहरुको वृद्धि अनुगमन कार्यक्रम हरेक ३/३ महिनामा सन्चालन गरिनेछ । पुर्ण सुपोषित बच्चाहरुलाई मुल्याङ्कनका आधारमा पुरस्कृत गर्ने र कम तौल भएका कुपोषित बच्चाहरुका लागि बाल पोषण झोला वितरणको व्यवस्था मिलाइनेछ ।

२१)          सम्पूर्ण स्वास्थ्यसंस्थाहरूलाई किशोर किशोरीमैत्री स्वास्थ्य संस्था बनाउन  आवश्यक पहल  गरिनेछ ।

२२)          नगरपालिकालाई पूर्णखोप सुनिश्चितता र दीगोपनाका लागि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

२३)          विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गरिनेछ। साथै विद्यालयहरुमा अध्ययनरत विद्यार्थिहरुको त्रैमासिक रुपमा स्वास्थ्यकर्मीहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइनेछ।

२४)          सबै स्वास्थ्य संस्थाहरुलाई सुचना प्रविधिमैत्री वनाउन आवश्यक पर्ने स्रोत र साधनको व्यवस्था मिलाइनेछ।

२५)          स्वास्थ्य संस्थाहरुको भवन मर्मत सम्भार तथा आवश्यकताको आधारमा कोठा थपको व्यवस्था मिलाइनेछ।

२६)          नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुबाट संचालित खोप क्लिनिक तथा गाउँघर क्लिनिक भवन निर्माण कार्य क्रमशः विस्तार गर्दे लगिनेछ।

२७)          सुत्केरी हुने आमाहरुलाई घरबाट बर्थिङ सेन्टरसम्म ल्याउन र रिफर गर्नुपर्ने आमाहरुका लागि  रुपन्देही जिल्ला भित्रका अस्पताल सम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ।

२८)          लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालनमा रहेको  ल्याव सेवा अन्य स्वास्थ्य संस्थाहरुमा पनि क्रमशः विस्तार गर्दै लगिनेछ।

२९)          यस नगरपालिका भित्र रहेको आरोग्य सेवा केन्द्रको लागि आवश्यक आयुर्वेदिक औषधि तथा अन्य सामग्रीको व्यवस्था गरी आरोग्य सेवा केन्द्रको सेवालाई निरन्तरता दिइनेछ ।

३०)          यस नगरपालिका भित्र रहेका एच. आई.भी.पोजेटिभ भएकाहरूको लागि पोषण सामग्री बितरण तथा पोजेटिभ बच्चाहरूको लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।

३१)          नगरपालिकाको आइ वि एस मा आ.व. ०८०।८१ देखि फ्रि डाइलसिस सेवा उपलब्ध गराईनेछ ।

३२)          सर्प b+zsf विरामीहरुलाई फ्रि एम्बुलेन्स सेवाको व्यवस्था गरिनेछ ।

३३)          गाउँमा संचालनमा रहेका मादक पदार्थ विक्री वितरण गर्ने होटल तथा रेस्टुरेन्ट र पसलहरु राति ८ बजेपछि बन्द गर्नुपर्नेछ अन्यथा कानून बमोजिमको कारवाही गरिनेछ ।

३४)          यस नगरपालिका क्षेत्रका विद्यालय, सरकारी कार्यालयहरु,मठ मन्दिर, मदरसा, मस्जिद लगायतको ५०० मिटर भित्र पान, गुड्खा, मदिरा, सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने नीतिलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

 

(घ) पूर्वाधार विकास सम्बन्धी नीति तथा कार्यक्रम

१)    यस नगरपालिकाको व्यवस्थित एवम दिगो विकासका लागिनगर विकास गुरुयोजनातर्जुमा गरी स्मार्ट सिटीको अवधारणा अनुरुप विकास गर्ने नीति अवलम्बन गरिनेछ ।

२)    नगरपालिकाबाट घोषणा भएका नगर स्तरीय गौरवका आयोजनाहरुकार्यान्वयनका लागि आवश्यक बजेट र जनशक्तिको व्यवस्था गरिनेछ।

३)     नगरपालिका क्षेत्र भित्र सडक ढलान कार्य एवं कालो पत्रे गर्ने कार्य प्रविधिको प्रयोग गरी मात्रै गरिनेछ ।

४)     योजनाहरुको लागतअनुमान¸ मूल्यांकन, नापि¸कार्यसम्पन्न प्रतिवेदन सबैले बुझ्ने गरी नेपाली भाषामा लागु गरिनेछ ।

५)    उपभोक्ता समितिबाट हुने निर्माण कार्यको हकमा  योजनागत रुपमा नम्बरिङ्गतथा कोडिङ्ग सिस्टम लागु गरी प्रतिवेदन प्रणालीलाई थप व्यवस्थित गरिनेछ ।

६)     शहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ को पुर्ण रुपमा कार्यान्वयन गरिनेछ ।यो मापदण्ड निर्माण हुनुभन्दा पहिला निर्माण भएका घरहरुको अभिलेखिकरण गरी अव निर्माण हुने भवनहरु नक्सापास विना बनाउन नपाउने नीतिलाई निरन्तरता दिईनेछ ।

७)    नगरपालिकाभित्र रहेका मुख्य सडक¸चोक एवम् महत्वपुर्ण स्थानहरुमा विश्राम स्थल तथा  सार्वजनिक शौचालय निर्माणका लागि गुरुयोजना बनाइ काम अगाडि बढाइनेछ ।

८)     कमजोर सडकहरुको नियमित मर्मत सम्भार तथा स्तरोन्नती गरिनेछ।यसको लागि एक dd{t कोष स्थापना गरिनेछ र कार्यविधि बनाएर खर्च गर्नु पर्नेछ|

९)    आयोजनाको दिगोपना, प्रभावकारीता, मितव्ययिता र कार्यकुशलता कायम गर्न मागमा cfwfl/t सहभागितामूलक योजना छनौट तथा कार्यान्वयन प्राणालीको अवलम्बन गरिनेछ ।

१०)       सरकारी तथा निजि भवनहरु भुकम्पीय जोखिमबाट सुरक्षीत बनाउने नीति अवलम्बन गरीनुका साथै सरकारी भवनहरु अपाङ्गमैत्री, वालमैत्री  तथा ज्येष्ठ नागरिक मैत्री बनाउने नीतिलाई निरन्तरता दिइनेछ ।

११)       पुर्वाधार निर्माणमा विपद जोखिम सम्वेदनशिलतालाई मध्यनजर गरी विपद उत्थानशिल पुर्वाधार विकासमा जोड दिइनेछ ।

१२)        नगरपालिका भित्रका बस्तीहरुलाई समेट्ने गरी रिङ्ग रोडको परिकल्पना गरे अनुसार नगरपालिकाभित्र आवश्यक पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ।

१३)       नगरपालिकाभित्र रहेका विभिन्न ताल पोखरी तथा महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थलहरुको  संरक्षण निर्माण एवम् सुन्दरीकरण गरी व्यावसायिक  पर्यटन क्षेत्रको रुपमा विकास गरिनेछ ।

१४)        यस नगरपालिका भित्र रहेका मेन सडक तथा  नाली समेत निर्माणका लागि राष्ट्रिय मापदण्ड अनुरुप कम्तीमा २६ फुट सडक कायम गरिनेछ ।

१५)       पूराना घना बस्तीहरुका सडकहरु पक्की र ढलान गरिनेछ ।हालको अवस्थामा रहेका भित्री सडकहरु सून्दर र पक्की बनाईनेछ ।तर पक्की घर टहरा र पर्खाल बनाउँदा कम्तीमा ४ मि.(१५ फिट) छोडी नगरपालिकाको मापदण्ड अनुसार निर्माण गर्ने प्रक्रिया अगाडि बढाईनेछ ।

१६)   सडक निर्माण गर्दा वायोईन्जिनियरिङ्ग तथा वातावरण मैत्री हुने गरी बनाईनेछ ।

१७) यस नगरपालिकाको विभिन्न ठाउँहरुमा पुल तथा कल्भर्टहरु निर्माण गरिनेछ ।  

१८)    स्वास्थ्य चौकी नभएका वडाहरुमा स्वास्थ्य चौकिको भवन निर्माण गरिनेछ ।

१९)    नगरपालिकाभित्र रहेका अति विपन्न, गरिव आर्थिक स्थिती कमजोर र विपन्न परिवारलाई अवस्था यकिन गरी खरको छानो भएको परिवारलाई जस्ता पाता वितरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ  ।

२०)     नगरपालिकाभित्र रहेका पुराना तथा जिर्ण मन्दिर, मस्जिद, पाटी पौवा आदिको संरक्षण तथा विकास गरिनेछ ।

२१)     नगरपालिका अन्तरगत रहेका स्वास्थ्य संस्थाहरुबाट सन्चालित खोप क्लिनिक तथा गाउँघर क्लिनिक  भवन निर्माण कार्य  क्रमश गर्दै लगिनेछ ।

२२)   गरपालिका भित्र रहेका पुराना वडा कार्यालय भत्काई नयाँ कार्यालय भवनको निर्माण गरिनेछ ।

२३)    १५ शैय्याको अस्पताल निर्माण आ.व.२०८०/०८१ भित्र सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइनेछ र संचालनको लागि आवश्यक काम कारवाही गरिनेछ|

२४)     नापी नक्सा नभएका क्षेत्रहरुको नापी नक्सा गराई बाटोघाटोको लगत कट्टा गरी सार्वजनिक कायम गरिनेछ ।

२५) एसियाली विकास बैंक को आर्थिक तथा प्राविधिक सहयोगमा कार्यक्रमअन्तर्गतमधुवनिमा नगर बसपार्क, लिंक रोड, रिंग रोड निर्माण तथा ग्लोबल पार्क निर्माण लगायतका कार्यहरुलाई अगाडि बढाइनेछ।

२६) यस कार्यालयबाट संचालन हुने पुर्बधर समन्धित योजनाहरुको अनुगमन गर्नको लागि भौतिक पुर्बाधार समितको संयोजनलाई समाबेश गर्न निर्णय गरियो।

२७) यस नगरपालिका भित्रजिर्ण अवस्थामा रहेका वडा कार्यालयहरु तथा स्वास्थ्य संस्थाहरुलाई आवश्यक मर्मत सम्भार गरी सुरक्षित रुपमा सञ्चालन गर्न आवश्यक पहल गरिनेछ ।

(ª) सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्बन्धी नीति तथा कार्यक्रम :

१)    सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी वडा सचिव र कम्प्यूटर अपरेटरहरुलाई क्षमता विकास तालिम सञ्चालन गरिनेछ ।

२)    लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र ८० वर्ष भन्दा माथिको जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रम सञ्चालन गरिनेछ ।

३)    सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी बैठक,अनुगमन,घटना दर्ता सम्बन्धी बैशाखको पहिलो हप्ता घटना दर्ता सप्ताह मनाइनेछ  ।

४)    बैंकका पदाधिकारी,वडा अध्यक्ष,वडा सदस्य,वडा सचिवहरुलाई व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता तथा वितरण भत्ता सम्बन्धी तालिम प्रदान गरिनेछ।

५)    सामाजिक सुरक्षा घटना दर्ता सम्बन्धी विवरण नियमित आद्यावधिक गरी वेभसाइटमा प्रकाशन गरिनेछ ।

६)    वडाका लक्षित बर्गका कार्यक्रमहरु तथा खरिद सम्बन्धी कार्यहरु वडा कार्यालयबाटै सम्झौता तथा कार्यादेश गरी काम गर्ने र सोको बोधार्थ अनिवार्य रुपमा नगरपालिकालाई दिनुपर्नेछ । बोधार्थ नदिई गरिएका लक्षित वर्गका कार्यक्रमहरुको भुक्तानी नहुने व्यवस्था लागु गरिनेछ ।

(च) भाषा तथा संस्कृति प्रवर्द्धन सम्बन्धी नीति :

१)                धर्म संस्कृतिको संवर्द्धन एवं गुम्बा, मठ, मन्दिर, मस्जिद आदिको संरक्षण गर्न नगरपालिका भित्र विगत देखि हुँदै आइरहेका रुमिन्देई माई मेला (महोत्सव), यज्ञ, जलसा, बुद्ध जयन्ति, माघी पर्व (खिचडी महोत्सव) लगायत विभिन्न धार्मिक अनुष्ठानहरु जस्ता धार्मिक, साँस्कृतिक महत्व भएको पर्व, पुजा अर्चना, ब्रत उपवास आदिलाई व्यवस्थित रूपमा सञ्चालन गरिनेछ ।

२)                लुम्विनी र लुम्बिनी वरिपरीका पालिकाहरुको संस्कृति प्रवर्दन गर्न विश्वका विभिन्न नगरको संस्कृतिको आदान प्रदान गर्न सम्बन्ध विस्तारको नीति लिइनेछ।

३)                लुम्बिनीको स्थानिय स्तरमा रहेका भाषा, गीत, संगीत, कला र संस्कृतिहरुको प्रदर्शन, स्थानीय खाना, पोशाक/पहिरन तथा परम्परागत सीप जस्ता स्थानीय संस्कृतिहरुलाई पर्यटकिय सेवाको रुपमा विकास गरी रोजगारीसँग आवद्ध गरिनेछ ।

४)                प्रथा परम्पराका नाममा  मानव सभ्यताका लागि अभिश्रापका रुपमा रहेका विकृतिहरु निर्मुल गर्नका लागि विशेष सचेतना मुलक कार्यक्रम सन्चालनमा ल्याईनेछ।

५)                लुम्विनी साँस्कृतिक नगरपालिका भित्रका सनातन धर्म संस्कृति एवम धार्मिक पर्यटन पर्वर्धन गर्ने किसिमका बहुवर्षीय ठुला योजनाहरुलाई निरन्तरता दिइनेछ ।  

 

() संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह सम्बन्धी नीति तथा कार्यक्रम :

१)    “शुद्ध बुद्ध ऋषि मन,  समृद्ध नगर सुखी नगरवासी हाम्रो अभियान” भन्ने मान्यतालाई आत्मसात गरी नगरपालिकाबाट प्रवाह हुने सेवालाई चुस्त, दुरुस्त,सरल ,सहजर पारदर्शी बनाइनेछ ।

२)    नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुरुप स्विकृत दरवन्दी बमोजिम पदपूर्तिका लागि प्रदेश लोक सेवा आयोगमा पठाइनेछ ।

३)    कर्मचारीहरुलाई कार्य क्षेत्रगत शर्त सहितको जिम्मेवारी प्रदान गरी सोही आधारमा कर्मचारीहरुको कार्य मुल्यांकन एवं कार्य सम्पादनलाई जोडिनेछ ।

४)    कामको मुल्याड्ढनको आधारमा उत्कृष्ट कर्मचारी घोषणा गरी सम्मान एवम् पुरस्कारको ब्यवस्था गरिनेछ।

५)    जनप्रतिनिधि एवं कर्मचारीको समय सापेक्ष क्षमता अभिवृद्धिको लागि अध्ययन अनुसन्धान तालिम भ्रमण अनुभव साटासाट गर्ने ब्यवस्था मिलाईने छ ।

६)    नगरका सम्पन्न गरिएका कार्यक्रम र सेवा प्रवाहको नागरिक संघ संस्था मार्फत सार्वजनिक सुनुवाई सामाजिक परिक्षण लगायतको कार्यलाई निरन्तरता दिईनेछ ।

७)    वार्षिक रुपमा नगरपालिकाले गरेका कामहरुको समीक्षात्मक रुपमा वार्षिक /अर्ध वार्षिक समीक्षा कार्यक्रम गरी लिपिबद्ध गर्न पुस्तक प्रकाशन गरिनेछ।

८)    नगर क्षेत्रभित्र रहेका दक्ष अनुभवी तथा विभिन्न क्षेत्रमा ख्याति प्राप्त व्यक्तित्वहरुको सूची तयार गरी नगरपालिकाको विकास र समृद्धिमा उनीहरुको ज्ञान र अनुभवको उपयोग गरिनेछ ।

९)    लोकसेवा आयोग सार्वजनिक संस्थान,शिक्षक सेवा आयोग लगायतका प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन क्षमता विकासका लागि लोकसेवा र शिक्षक सेवा आयोगको पाठ्यक्रममा आधारित अभिमूखिकरण कक्षा सन्चालन गरिनेछ ।

१०)  पदाधिकारी तथा कर्मचारीहरुलाई सुशासन, विकास तथा सेवा प्रवाहका क्षेत्रमा भएका नवीन अभ्यासहरुबारे जानकारी लिन तथा पठन संस्कृतिको विकास गर्न नगरमा रहेको पुस्तकालयलाई थप व्यवस्थित र प्रभावकारी बनाईनेछ ।

११)  न्यायिक समितिको कार्यसम्पादनलाई नागरिकले न्यायको अनुभुति गर्न पाउने गरी थप प्रभावकारी बनाईनेछ ।

१२)  कर्मचारीहरुको क्षमता विकासका लागि आवश्यक तालीम र अध्ययन अवलोकन भ्रमणको ब्यवस्था मिलाईनेछ ।

१३)  नगरपालिका क्षेत्रभित्र शान्ति सुव्यवस्था अमनचयन एवम् नगर कानूनको कार्यान्वयनलाई थप सहज र प्रभावकारी बनाउन नगर प्रहरी भर्ना गरी परिचालन गरिनेछ ।

१४)  नगरपालिका क्षेत्र भित्र शान्ति सुरक्षा कायम गरी अपराधमुक्त समाजको निर्माण गर्न आवश्यक ठाउँमा CCTV क्यामेरा जडान गरी क्यामेराको माध्यम बाट निगरानीको व्यवस्था मिलाईनेछ।

१५)  यस नगरपालिकाबाट हालसम्म भएका मुख्य मुख्य उपलब्धीहरुलाई आम नागरिकहरुमा सन्चार गराउन पुस्तक तथा मासिक बुलेटिन प्रकाशन गरिनेछ ।

१६)  नगर सुशासन कायम गर्न सार्वजनिक सुनुवाई, सार्वजनिक परिक्षण, सामाजिक परिक्षण तथा नागरिक सन्तुष्टि सर्वेक्षण जस्ता सुशासनका उपकरणहरुको प्रयोगमा जोड दिईनेछ ।

१७)  नगरपालिकामा आउने सेवाग्राहीलाई सेवाप्रवाहमा सहजीकरण तथा थप व्यवस्थापन गर्न नागरिक सहायता कक्षको व्

...