images
images

शनिवार, जेठ ५ गते २०८१

तिलोत्तमा दुर्गानगरका कृषक व्यवसायिक तरकारी खेतीमा आकर्षित 

तिलोत्तमा दुर्गानगरका कृषक व्यवसायिक तरकारी खेतीमा आकर्षित 

images
images
images
सोमवार, आषाढ १८ २०८०
सोमवार, आषाढ १८ २०८०
  • तिलोत्तमा दुर्गानगरका कृषक व्यवसायिक तरकारी खेतीमा आकर्षित 

    भैरहवा, १८ असार । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित दुर्गानगरका किसानहरु व्यवसायिक तरकारी खेतीमा रमाएका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि त्यहाका अधिकांश किसानहरु व्यवसायिक तरकारी खेतीतर्फ लागेका हुन् । 

    images
    images
    images

    गएको तीनवर्ष अगाडिसम्म परम्परागत तरकारी, धान, गहुँ, तोरीलगायतका अन्नबाली लगाउने गरेका ती किसानहरुले नगरपालिकाको सहयोग पाएपछि व्यवसायिक तरकारी खेतीमा रुपान्तरित भएको जनाएका छन् । 

    पछिल्लो केही वर्ष यता तरकारी उत्पादनमा भएको वृद्धि र तरकारीले सहज रुपमा बजार पाउन थालेपछि अन्नबालीको सट्टामा तरकारी खेती गर्न लागिएको तरकारी कृषक राधेश्याम लोधको भनाइ छ । 

    तिलोत्तमा–१४ दुर्गानगरमा दुईवटा तरकारी उत्पादक समूह गठन गरी व्यवसायिक रुपमा तरकारी खेती गरिदै आएको छ । दुर्गानगरका किसानले २० हेक्टर जमिनमा तरकारी खेती गर्दै आएका छन् । वर्षायाममा डाँडो जग्गामा तरकारी लगाउने किसानले अन्य दुई सिजनमा भने पुरै क्षेत्रफलमा तरकारीखेती गर्ने गरेको नगरपालिकाले जनाएको छ । 

    दुर्गानगरमा नवदुर्गा कृषक तरकारी उत्पादक समूह र सुर्यकिरण कृषक तरकारी उत्पादक समुहले २० हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन गरिरहेको नगरपालिकाका कृषि शाखा अधिकृत दोमलाल भुषालले जानकारी दिए । 
    दुईवटा समुहमा ६० बढी कृषक सहभागी रहेका छन् । व्यवसायिक तरकारी खेती गर्दै आएका तरकारी उत्पादक समूहलाई नगरपालिकाले अनुदानको व्यवस्था गरेको अधिकृत भुषालको भनाइ छ । उनले कृषकहरुलाई सीप सिकाउनेदेखि लिएर सिंचाई पूर्वाधार, कृषि औजार, विउ, मल, विषादी लगायतमा अनुदान दिने गरेको बताए । नगरपालिकाको सहयोगपछि कृषकहरुले तरकारी खेतीलाई व्यवसायिक बनाउँदै लगेको उनको भनाइ छ । 

    तरकारीखेती गर्दै आएका किसानका समस्या बुझेर नगरपालिकाले योजना बनाइ यान्त्रीकरण र आधुनिक तरिकाले तरकारी खेती गर्ने तौरतरिका सिकाइ किसानलाई व्यवसायिक बनाइने नीति लिएको हो, शाखा प्रमुख भुषालले भने, ‘विगत तीन वर्षदेखि नगरपालिकाले यी सबै कुरामा सहयोग गर्दै आएको छ, जसका कारण तरकारी उत्पादनमा वृद्धि भएको छ । 

    नगरपालिकाले दुर्गानगरसहित अन्य स्थानमा पनि तरकारी खेतीका लागि सहयोग गर्दै आएको अधिकृत भुषालको भनाइ छ । तिलोत्तमाले ५३ विगाह क्षेत्रफलमा तरकारीखेती गर्ने किसानहरुका लागि वार्षिक रुपमा २२ लाख रुपैयाँ सहयोग गर्दै आएको छ ।   

    विगत लामो समयदेखि तरकारीखेती गर्दै आएका कृषक तथा सुर्यकिरण कृषक तरकारी उत्पादक समूहका सचिव राधेश्याम लोधले नगरपालिकाले दुर्गानगरलाई तरकारी पकेट क्षेत्रको रुपमा विकास गरेपछि आफूहरुको तरकारी खेतीप्रति झनै मोह बढ्दै गएको बताए । उनले मौसमअनुसारको तरकारी फुलगोभी बन्दा, टमाटर, ब्रो काउली, सिमी, मटर, बोडी, गाँजर, मुला, काक्रो, करेला, घिरौला, लौका, भिण्डी, फर्सीलगायतका तरकारी लगाउने गरेको बताए । 

    IMG_3668.JPG

    ‘नगरपालिकाको सहयोगपछि तरकारी उत्पादन तीन गुणाले बढेको छ भने आम्दानीमा पनि राम्रो वृद्धि भएको छ । कृषक लोधले भने, ‘तरकारी उत्पादन र बजारमा वृद्धि भएसँगै विदेशिने युवाहरुको संख्यामा पनि कमी आएको छ । 

    दुर्गानगरमा उत्पादित तरकारी खरिदका लागि थोक व्यवसायीहरु बारीमै पुग्ने गरेको तथा केही कृषकहरुले आफै बजारमा लगेर विक्री गर्दै आएका छन् । 

    कृषकहरुले तरकारीमा बढी मात्रामा बोकासी (जैविक मल), गोबर मल, कुखुराको सुली प्रयोग गर्दै आएको बताएका छन् । 

    अर्का तरकारी कृषक तथा सुर्यकिरण कृषक तरकारी उत्पादक समूहा सदस्य यदुराज कंडेलले नगरपालिकाले दिएको अनुदानले कृषकहरु खुसी रहेको बताए । उनले नगरपालिकाको हौसला र यहाँको तरकारीप्रति यस क्षेत्रका उपभोक्ताको चासो बढ्दै गएपछि यी समुहमा आबद्ध कृषकहरु विस्तारै अर्गानिक तरकारी उत्पादनतर्फ अग्रसर हुन थालेको बताए । 

    दुर्गानगरका किसानले तरकारी खेतीसँगै‍ भैसीपालन, बाख्रापालन, कुखुरापालन र माछापालन गर्दै आएका छन् । त्यस क्षेत्रमा माछापालनका लागि २०/२२ वटा पोखरी पनि रहेको कृषक कंडेलको भनाइ छ । 

    कृषकहरुले तरकारीखेतीबाट मनग्य आम्दानी पनि गरेका छन् । दुवै समूहले तरकारी खेतीबाट वार्षिक १ करोड बढीको आम्दानी गर्ने गरेको नवदुर्गा सुर्यकिरण तरकारी पकेट क्षेत्रका अध्यक्ष तामेश्वर थारुले जानकारी दिए । उनले प्रत्येक सिजनमा ६०/७० लाख रुपैयाँ बराबरको तरकारी उत्पादन गरी विक्री गर्दै आएको बताए । दुर्गानगरमा दुई सिजनमा राम्रोसँग तरकारी उत्पादन हुने गरेको छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij