बुधवार , आषाढ २०, २०८०
भैरहवा, २० असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका इञ्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको छ । आयोगकाअनुसार कोटहीमाई गाउँपालिकाका इञ्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका–७ अन्तर्गतको सडक पीसीसी र ग्राबेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।
घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले इञ्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बुधबार उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
