२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

आफूले ल्याएको मत बराबर चापागाईले गरे आश्रमलाई सहयोग

बिहिवार , आषाढ २१, २०८०

बुटवल, २१ असार ।

तपाईंले आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? केक काटेर, साथीभाईसँग रमाइलो गरेर वा अन्य केही । तर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ का मोहन चापागाईंले आफ्नो जन्मदिनलाई रचनात्मक कामका लागि उपयोग गरेका छन् । प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश विभागीय इञ्चार्ज रहेका चापागाईंले जन्मदिनमा वृक्षारोपणका साथै अनाथ आश्रमममा सहयोग गर्दै मनाएका हुन् ।

जन्मदिनमा वृक्षारोपणको सुरुवात उनले २ वर्षअघि देखि नै थालेका थिए । यसपल्ट उनले नमस्ते नेपाल नामक संस्थाको संयोजनमा आफ्नै निवास परिसरमा रुद्राक्षको विरुवा रोपेका छन् भने नेपाल अविनाश अनाथ आश्रम कोटिहवामा आर्थिक सहयोग गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट तिलोत्तमा नगरपालिकाको प्रमुख (मेयर) को उम्मेदवार बनेका उनी नेपाली काँग्रेसका रामकृष्ण खाँणसँग झिनो मतान्तरले पराजित भएका थिए । चापागाईंले आफूले ल्याएको मत बराबर २३ हजार ६३१ रुपैयाँ अनाथ आश्रमका लागि सहयोग गरेका हुन् । चापागाईंले आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

जन्मदिन कुनै रचनात्मक कार्य गरी मनाउनुपर्छ भन्ने कुराको सन्देश अरुलाई पनि दिनका लागि आफूले यस्तो गरेको चापागाईंले बताए । ‘मेरो उद्देश्य सामाजिक र रचनात्मक कामको सन्देश फैलाउनु हो’–उनले भने ।

358155214_815953996801305_5716014466164074667_n.jpg