images

आइतवार, बैशाख १६ गते २०८१

कोलिय गणराज्यको दरबारक्षेत्र दावी गरिएको खयरडाडाँमा भेटियो प्राचिन इनार र मध्यकालिन संरचना

कोलिय गणराज्यको दरबारक्षेत्र दावी गरिएको खयरडाडाँमा भेटियो प्राचिन इनार र मध्यकालिन संरचना

images
images
images
शुक्रवार, आषाढ २२ २०८०
शुक्रवार, आषाढ २२ २०८०
  • कोलिय गणराज्यको दरबारक्षेत्र दावी गरिएको खयरडाडाँमा भेटियो प्राचिन इनार र मध्यकालिन संरचना

    लुम्बिनी, २२ असार ।
    बुद्धको मावली क्षेत्र देवदहको प्राचीन दरबार रहेको दावी गरिएको खयरडाडाँमा प्राचिन इनार र मध्यकालीन अवशेषहरु भेटिएको छ । लुम्बिनी विकास कोषले देवदह नगरपालिका–९ स्थित खयरडाडाँमा गरेको उत्खननमा प्राचिन इनार र मध्यकालिन भवनको अवशेष भेटिएको हो । 

    images

    गत जेठ १७ गतेदेखि शुरु गरि असार १५ गतेसम्म करिब एक महिनासम्म गरिएको उत्खनन्बाट प्राचिन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुन सक्ने सभाहलमा प्रयोग गरिएका ईट्टा, माटोको दियोहरु प्रशस्त टेठिएको लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिए । 

    ‘प्राचिन इनारको प्रष्ट आकार देखिएको छ, धर्मदेशना गर्न निर्माण गरिएको हुन सक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साईजका ईट्टा भेटिएको छ’पुरातात्वविद् उप्रेतीले भने –‘मध्यकालिनजस्तो देखिने ईट्टा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ ।’ उत्खननमा ठूलो पर्खालको संरचना, माटोका दियोको पिँध, इट्टाहरु प्रशस्त भेटिएको छ । पुरातात्वविद उप्रेतीका अनुसार भेटिएका संरचनाका आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यानकेन्द्र वा कुनै ठूलो भवन भएको अनुमान गर्न सकिन्छ ।  

    स्थानीयहरुले भने देवदह-९ घोडाहस्थित खयरडाँडाक्षेत्र नै गौतम बुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरबार क्षेत्र भएको बताउँदै आएका छन् ।  उत्खननमा केही प्राचिन इनारसँगै ध्यानकेन्द्र जस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दियोहरु प्रशस्त भेटिएकाले देवदहको दावीलाई बल पुगेको बताइन्छ । तर, प्राचिन कोलिय गणराज्यको राजधानी देवदह क्षेत्रको यकिन पुष्टिका लागि भने ठूलो मात्रामा उत्खननको आवश्यकता रहेको विज्ञहरुको बताउँछन । लामो समयपछि कोषका तर्फबाट उत्खनन शुरुवात भएकाले देवदहको खोजीका लागि ठूलो आकारको उत्खनन आवश्यक पर्ने पुरातात्वविद् उप्रेतीको भनाइ छ ।  

    लामो समयदेखि देवदह क्षेत्रमा उत्खननको माग भए पनि हुन सकेको थिएन । देवदह क्षेत्रबाटै लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराई नियुक्त भएपछि उत्खननलाई विशेष महत्व दिदैं वर्षोपछि उत्खनन् थालिएको हो । उत्खननले प्राचिन इनार र भग्नाअवेषहरु पत्ता लागेले यसले देवदहको खोजीका लागि महत्वपूर्ण प्रमाण फेला पारेको कोषाध्यक्ष भट्टराईले बताए । उनले स्थानीयहरुले दरबार क्षेत्र नै खयरडाँडा क्षेत्र भएको बताए पनि उत्खननले प्राचिन क्षेत्रको रुपमा पुष्टि गरेको बताए । उनले देवदहको खोजीका लागि निरन्तर उत्खनन गर्नुपर्नेमा जोड दिए ।  देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालिन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन सकिने कोषाध्यक्ष भट्टराईले बताए ।

    देवदह नगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बुद्ध सम्बद्ध विषयवस्तुको खोज, उत्खनन तथा अनुसन्धान गरिने, लुम्बिनी विकास कोषसँगको सहकार्यमा पूरातात्विक क्षेत्रको उत्खनन्लाई निरन्तरता दिने उल्लेख गरेको छ ।  

    उत्खनन्बाट प्राप्त भएका पुरातात्वीक वस्तुहरुलाई संरक्षण गर्नका लागि संग्रालय निर्माण गरिने देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले बताए । लुम्बिनी विकास कोषका पुरातात्व शाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा पुरातात्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा खटिएका थिए । 

    यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातात्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो । कोषले यहि आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार कपिलवस्तुको गोटिहवामा गत चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन् गरेको थियो । 

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij