२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रचण्डले माओवादी सक्याए : मन्त्री थापा

शनिवार , माघ ३, २०७७

अर्घाखाँची, ३ माघ ।
खानेपानी तथा सरसफाई मन्त्री तथा नेकपा ओली पक्षका नेता मणि थापाले प्रचण्डका कारण माओवादी पार्टी समाप्त भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँची जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रचण्डले अहिलेको अवस्थामा लोकप्रिय रहेको पूर्व एमाले पार्टीलाई पनि सिध्याउन लागेको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमाले पार्टी सिध्याउन नदिएको नदिएको मन्त्री थापाको भनाइ छ । प्रचण्ड र नेपालको राजनीति अबको केही समय पछि घरको कोठामा मात्र सिमित हुने मन्त्री थापाको तर्क छ ।