images

सोमवार, बैशाख १७ गते २०८१

अस्ताईन सिता

अस्ताईन सिता

images
images
images
बिहिवार, आषाढ २८ २०८०
बिहिवार, आषाढ २८ २०८०
  • अस्ताईन सिता

    २०११ साल असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको सन्तानका रुपमा जन्मिएकी सिता दाहाल नेपाली राजनीतिमा सिद्धान्तप्रतिको निष्ठा, उच्च राजनीतिक सुझबुझ, राष्ट्र, जनता रपार्टीप्रतिको निःस्वार्थ एवम् असीमित समपर्ण र सादगी जिबन शैलीको रुपमा स्थापित नाम हो ।

    images

    बिक्रम सम्बत २०२६ सालमा हालका माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसंग बिबाह बन्धनमा बाधिएकी सिता दहालले रामायणको सिता झैँ कमरेड प्रचण्डलाई ५४ बर्ष सम्म अनबरत साथ दिएर मिति २०८० साल असार २७ गते बुधबार बिहान ८:३३ बजे काठमाडौँको थापाथली स्थित नर्भिक अस्पतालबाट भौतिक रुपमा यस संसारबाट सदाका लागि बिदा भईन् ।

    वि.सं. २०२८ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा होमिएकी सिता जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारी सम्हाल्दै पछिल्लो समय नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारको भूमिकामा थिइन् । पञ्चायती कालमा नेपालमा राजतन्त्र उन्मुल गर्न र नेपालमा गणतन्त्र स्थापना गर्नका लागि  निरन्तर ५२ बर्षसम्म राजनीतिमा होमिएकी सीता दाहाल २०५२ सालमा देशमा माओवादी जनयुद्ध सुरु भएपछि भूमिगत राजनीतिमा सक्रिय रहेकी थिइन् । कम्युनिष्ट आन्दोलनमै जीवन समर्पित गरेकी सीता दाहाल यो संसारबाट सदाका लागि बिदा भएपनि नेपालको राजनीतिमा सदा सम्झी रहने नाम हो ।

    १० वर्षसम्म चलेको माओवादीको भूमिगत सशस्त्र युद्धका वर्षहरुमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टी भित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी तथा अभिभावकीय भूमिका निर्वाह गरेकी सिता दाहाल जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण उनि बिक्षप्त बनेकी थिइन् भने पछिल्लो समय उनलाई  पार्किन्सन जस्तो दुर्लभ रोगले ग्रसित बनाएको थियो ।

    कमरेड सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ । उनले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याएकी थिइन् । माओवादी सशस्त्र जनयुद्ध हाँक्ने कमान्डर प्रचण्डको जीवनलाई लयमा राख्न समेत एक पत्नीका रुपमा सीता दाहालले कमाण्डरकै भूमिका निर्वाह गरेकी थिइन् । ६९ बर्षको उमेरमा यस संसारलाई परित्याग गरेकी सीतालाई नेपाल सरकारले ‘फर्स्ट लेडी’ को हैसियतमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको छ । उनलाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको झन्डा ओढाएर सम्मान अर्पण गरेका थिए ।

    पुष्प कमल दाहालसंगको पाँच दशक लामो यात्रामा, सशस्त्र युद्धकालमा नेपालको अत्यन्त दुर्गम रोल्पा, रुकुम, कालिकोट जस्ता कहाली लाग्दा जिल्लाहरुमा जनयुद्धलाई टुंगोमा पुर्याउन भोक, प्यास नभनी अनबरत लडिरहिन र प्रचण्डको कुशल अभिभाबकको रुपमा आफुलाई स्थापित गरिन । माओवादी आन्दोलन र प्रधानमन्त्री दाहाललाई आजको स्थानसम्म ल्याई पुर्‍याउन सीताको अत्यन्त महत्वपूर्ण भूमिका रहयो । आफ्नो पति राज्य र पार्टीको सधै केन्द्र बिन्दुमा रहेपनि उनले त्यसको कहिल्यै फाइदा उठाईनन बरु उनि सधै पर्दाभित्र रहेर प्रचन्डलाई सघाई रहिन । महासचिव देब गुरुङको अभिव्यक्तिलाई सापटी लिएर भन्दा, “जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट र विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् ।

    अहिले विश्वको राजनीति हेर्ने हो भने आफ्ना श्रीमानहरु राज्यको महत्वपूर्ण ओहदामा रहदा उनका अर्धांगिनीहरुले त्यसको अनुचित लाभ लिने गरेको कुरा बेलाबेलामा छापाहरुमा आउने गरेको पाइन्छ । नेपालो शंदर्भमा पनि आफ्ना श्रीमानहरु राज्यको महत्वपूर्ण ओहदामा रहदा उनका अर्धांगिनीहरुले राज्य तथा जनताबाट अनुचित लाभ लिएको कुरा नेपाली संचार माध्यमहरुमा सुन्न र पढ्न पाइन्छ । सिता दाहालको बारेमा यस्ता आरोपहरुबारे नेपाली संचार माध्यमहरुमा सुन्न र पढ्न कहिल्यै परेन । उनले आफ्नो जीबनलाई  सधै सादगी र उच्च सम्मानका साथ् स्थापित गरिन। उनको यो राज्य र जनताप्रतिको त्याग, सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समर्पणलाई सबैले ग्रहण गर्नुपर्छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij