
आइतवार , माघ ४, २०७७
परासी, ४ माघ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षले सरकारी सवारीसाधनको दुरुपयोग गरेका छन् ।
शनिबार (विदाको दिन) नगरपालिकाले वडाअध्यक्षको लागि सवारी सुविधा दिएको लु १ ब १९२३ नम्बरको मोटरसाइकल दुरुपयोग भएपछि स्थानीयले एकछिन नियन्त्रणमा लिएपछि छोडेका थिए ।
वडाअध्यक्ष राजेन्द्र यादवले आफ्ना कार्यकर्तालाई मोटरसाइकल चलाउन दिएको स्थानीयको भनाइ छ । पटकपटक सरकारी सवारीसाधनको दुरुपयोग भएपछि स्थानीयले नियन्त्रणमा लिएको स्थानीय कुन्दन बानीयाले बताए । पटकपटक बडाअध्यक्षले सरकारी सवारीसाधनको दुरुपयोग गरिएकाले केही बेर नियन्त्रणमा लिएर सवारी छाडीएको स्थानीयले बताए ।
वडाअध्यक्ष यादवले भने आफ्नो घरमा रहेको सवारी चलाउने चालकलाई सामान लिनका लागि सुनवल चोकसम्म सवारी दिएको भन्दै अतिरन्जित गर्न खोजिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij