२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष ज्ञवाली सम्मानित

आइतवार , आषाढ ३१, २०८०

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, ३१ असार ।
    लुम्बिनी प्रदेशमा रही यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा अमूल्य योगदान पुर्याएको भन्दै चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवाली सम्मानित भएका छन् ।

    सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपाल लुम्बिनी प्रदेशको दोस्रो वार्षिक साधारणसभाबाट निर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको पदस्थापन समारोहमा कार्यक्रममा योगदानको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको हो ।

    शनिबार भैरहवामा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, सोट्टोका केन्द्रीय अध्यक्ष भुवन बहादुर पाण्डे, सोट्टो लुम्बिनी प्रदेशका अध्यक्ष संजय बजिमय, कार्यक्रम संयोजक एवं सोट्टो लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष श्रीचन्द गुप्ताले ज्ञवालीलाई कदरपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

    होटल व्यवसायी ज्ञवाली सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्षसमेत हुन् । उनी विभिन्न संघ–संस्थामा आबद्ध छन् ।