२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

एसबीआई बैंकलाई २ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन धितोपत्र बोर्डबाट अनुमति

मंगलवार , श्रावण २, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौ, २ साउन । 
    नेपाल एसबीआई बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र विक्री गर्न बोर्डबाट अनुमति पाएको हो । यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १२ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई विक्री गर्नेछ ।    

    एसबीआईले १० वर्ष अवधि भएको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक ९.७५ प्रतिशत ब्याजदर तोकिएको छ । एसबीआई बैंकको डिबेन्चरमा एनएमबि क्यापिटलले विक्री प्रबन्धकको काम गर्नेछ ।