images

सोमवार, बैशाख १७ गते २०८१

“सिद्धार्थनगर नगरपालिकाका मेयर कहिले बालेन जस्तै बन्लान् ?”

“सिद्धार्थनगर नगरपालिकाका मेयर कहिले बालेन जस्तै बन्लान् ?”

images
images
images
मंगलवार, श्रावण २ २०८०
मंगलवार, श्रावण २ २०८०
  • “सिद्धार्थनगर नगरपालिकाका मेयर कहिले बालेन जस्तै बन्लान् ?”

    नेपालका धेरै जिल्लाहरुमध्ये एउटा पृथक ईतिहास बोकेको जिल्ला हो, रुपन्देही । सिद्धार्थ गौतमबुद्धको जन्म भएको कारण पनि यो जिल्लाको विश्वमा छुट्टै पहिचान छ भन्दा अतियुक्ति नहोला । विश्वमा “लाइट अफ एशिया” भनेर चिनिने सिद्धार्थ गौतमबुद्धको दर्शन गर्न चाहने विश्वका हरेक अनुयायीहरुले लुम्बिनी आउनुपूर्व गौतमबुद्ध जन्मेको स्थान, जिल्ला र उक्त स्थानमा जाने मुख्य प्रवेशद्वारको बारेमा जान चाहन्छन् । यसैले पनि यो जिल्लाको छुट्टै महत्व छ साथै नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि यसै जिल्लामा छ । बिडम्बना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने मुख्य द्वारको रुपमा रहेको सुन्दर नगर भैरहवाको अवस्था हेर्ने हो भने उदेकलाग्दो छ ।

    images

    सिद्धार्थ गौतमबुद्धको पवित्र नामबाट नामाकरण गरिएको सिद्धार्थनगर नगरपालिकाको अत्यन्त कमजोर व्यवस्थापनको कारण मुख्य सडकदेखि शहरका गल्लीहरुमा छाडा चौयायका बिगबिगी नै छ । साथै छाडा चौपायले गरेका शौचको कारण सडक र गल्लीहरु दुर्गन्धित बनेको छ । सडक तथा सडकका पेटीहरुमा जथाभावी निर्माण सामग्रीहरु थुपारिदिने र सवारीसाधन पार्किङ गरिदिनाले पेटीबाट हिंड्ने बटुवाहरुले निकै कष्ट खेपीरहेका छन् । फोहोर, कागज तथा प्लाष्टिकका थैलाहरु सडक पेटीमा फालिएका छन् । सडकभरी छाडा कुकुरहरुको बिगबिगी छ । बिहान मर्निङवाक गर्ने पैदल यात्रीहरुलाई भुस्या कुकुरले दिनहुँ जसो झम्टिने गरेको छ । गत आइतबार बिहान बैंक कलोनीमा एक जना महिला जसोतसो कुकुरको टोकाइबाट जोगिइन् ।

    एशियाली  विकास बैंक (एडीबी) को सहयोगमा निर्माण भएको बुटवल भैरहवा सडक ठाउँठाउँमा खाडल परेर भत्किएका छन् । यसको उदाहरणका लागि, आँखा अस्पताल वरपरको सडक हेर्दा हुन्छ । आकाशे पुलमुनीको अवस्था हेर्ने हो भने उदेकलाग्दो छ । आकाशे पुल निर्माण सम्पन्न भइसक्दा पनि पुलमुनीको व्यवस्थापन नहुँदा फोहर र दुर्गन्धित छ । जथाभावी टासिएका होर्डिंग बोर्ड र बिजुलीका पोलहरुमा देखिएका बिजुली र टेलिफोनका तारहरुले शहरलाई गिज्याइरहेको अवस्था छ । करोडौं लगानी गरेर बनाइएको मुख्य प्रवेशद्वार अझै पनि व्यवस्थित रुपले सञ्चालनमा आउन सकेको छैन भने त्यसैको नजिक रहेको डण्डा खोला नजिकै सडकमा पैदलयात्रीहरु नाक थुनेर हिड्नुपर्ने बाध्यता छ ।

    Fohor Siddharthanagar.jpg

    एकातिर शहरका गल्ली र सडकहरु दुर्गन्धका कारण यसबाट लाग्न सक्ने विभिन्न किसिमका रोगहरुको उच्च जोखिममा यहाँका बासिन्दाहरु छन् भने अर्कोतिर सडक तथा सडकका पेटीहरुमा जथाभावी निर्माण सामग्रीहरु थुपारिदिने र गाडी पार्किङ गरिदिनाले पैदलयात्रीहरु दुर्घटनामा परिने होकी भन्ने त्रासमा छन् । लाखौ रुपैयाँ खर्चेर सडक छेउमा रोपिएका विरुवाहरु यी चौपायाहरुले नास गरिरहेका छन् । गौतमबुद्धको पवित्र नामबाट नामाकरण गरिएको सिद्धार्थनगर नगरपालिकाको उदेकलाग्दो अवस्थाको सुन्दर नगर बनाउने जिम्मा लिएर बसेका व्यक्तिहरु र प्रशासन किन मुकदर्शक बनेका छन् ? यसतर्फ सम्बन्धित निकायहरुको ध्यान जान नसक्नु दुर्भाग्य हो ।

    राष्ट्रको समृद्धिको विभिन्न सूचकहरुमध्येको एउटा सूचक सहरको सुन्दरता हो । राष्ट्रको इज्जत र प्रतिष्ठा सहरको सुन्दरतासँग जोडिएको हुन्छ । यति सामान्य कुराहरु यहाँका जनप्रतिनिधिहरु र प्रशासकहरुले नबुझेका कदापी होइनन् । यसतर्फ स्थानीय निकायहरुको कम ध्यान जानु भनेको यहाँका सरोकारवालाहरु, बुद्धिजीवीहरु, नागरिकहरुसँग शहरलाई कसरी स्वच्छ, सुन्दर र सफा बनाउने भन्नेतर्फ निरन्तर बहस हुन् नसक्नु हो । वर्षको एकचोटी हातमा कुचो लिएर सडक र गल्लीहरु सफा गरेर फेसबुकमा तस्बिरहरु राखेर र सञ्चार माध्यमहरुले उक्त दिनको समाचार सम्प्रेषण र प्रचार गरेर सहर स्वच्छ, सुन्दर र सफा कदापी हुन् सक्दैन । यसका लागि राम्रो व्यवस्थापन र दीर्घकालिन योजना हुन आवश्यक छ । सडकमा रजाई गरिरहेका चौपायाहरूको सामान्य व्यवस्थापनसम्म गर्न नसक्ने सम्बन्धित निकायहरुसँग यहाँका जनताले के ठुलो आश गर्ने ? यसका लागि सम्बन्धित निकायहरु सचेत हुन् आवश्यक छ ।

    काठमाण्डौं जस्तो घना जनसंख्या, सांघुरो गल्ली, जथाभावी फोहरको डंगुर, यत्रतत्र सवारीसाधन, पार्किङको समस्या, खानेपानी र ढलको उचित व्यवस्थापन हुन् नसकेको अवस्था, सुकुम्बासी समस्या, समन्वय र सहकार्यमा चुनौती जस्ता अनगिन्ती समस्या झेल्नुपरेको नेपालको राजधानी काठमाडौंलाई बालेंन साहले रातारात सुन्दर बनाइरहेका छन् । काठमाण्डौं जस्तो विकराल समस्या यस नगरीमा पक्कै पनि छैन । यहाको सहरलाई सुन्दर बनाउन दृढ इच्छा र रणनीतिक योजनाको मात्र खाँचो छ । यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

    यस पंक्तिकारको आशय, यो नगरमा केही पनि भएन भन्ने मनसाय भने पक्कै होइन् । मात्र, अहिलेको अवस्थालाई व्यवस्थापन गर्न सम्बन्धित सरोकारवालाहरुको ध्यान जाओस् भन्ने नै हो । न त सिद्धार्थ नगरपालिकाको मेयरको कार्यकुशलता र क्षमताप्रति सन्देह गरिएको हो । हामीले सबैले गरेका राम्रा कार्यहरुको प्रशंसा र अनुकरण गर्न आवश्यक हुन्छ, यसै कारण, यस लेखमा काठमाडौंका मेयरको प्रसंग जोडीएको हो । हुन त, धरानमा हर्क साम्पांग र धनगढीमा गोपाल हमालको पनि निकै चर्चा छ भने विगतमा तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले गरेका राम्रो कामको महसुस जनताले गरेका नै हुन् ।

    अहिलेको यो अवस्थालाई व्यवस्थापन गर्न दीर्घकालीन योजनाको निर्माण गर्दै योजनाबद्ध रुपमा अगाडी बढ्न अतिआवश्यक छ । अन्यथा यो समस्या झन् बढ्दै जानेछ । यसका लागि हामी जनता जनार्दन पनि सचेत हुन् अत्तिआवश्यक छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij