२०८३, बैशाख २५ गते

May 08 2026 | २०८३, बैशाख २५ गते

संघीय गणतन्त्रप्रति जनता सन्तुष्ट छैनन् : कृष्णप्रसाद सिटौला

सोमवार , श्रावण ८, २०८०

  • 898
    Shares
  • 898
    Shares
  • काठमाडौं, ८ साउन । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संघीय गणतन्त्रको एक कार्यकालबाट जनता खुशी नभएको बताएका छन्।

    केन्द्रीय समिति बैठकमा बोल्दै उनले संघीय गणतन्त्रको पहिलो कार्यकालको उपलब्धिबाट जनता सन्तुष्ट नभएको बताए। पहिलो कार्यकालका चार वटा बजेट एमालेले ल्याएको र पछिल्लो बजेट गठबन्धनले ल्याएको बताउदै संबिधानले मौलिक अधिकारको रुपमा स्थापित गरेका विषयलाई कार्यान्वयन गर्नुपर्ने उनले बताए।

    बैठकमा बोल्दै पार्टीको केन्द्रीय समितिको बैठकले आम सरोकारका विषयमा पार्टीले धारणा बनाउनुपर्ने उनको भनाइ थियो। पार्टीका कार्यक्रम कार्यान्वयन गर्दा प्रदेशको महत्वलाई नबिर्सिन सुझाव दिँदै उनले पार्टीका कार्यक्रम गर्दा कार्यकर्तालाई व्यापक रुपमा जिम्मेवारी कार्यक्रम गर्न आग्रह गरेका छन्।

    सिटौलाले बैंकको ब्याज महँगो भयो भनेर आन्दोलन हुन थालेको भन्दै यसमा पार्टीको धारणा मागेका थिए । उनले संबिधानले व्यवथा गरेको संघीय लोकतन्त्रका बारेमा पार्टीको प्रतिबद्धता आउनु पर्ने विचार राख्दै संबिधानले व्यवस्था गरे अनुसारका कानुनहरु तत्काल बनाउनुपर्ने बताएका थिए।