२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

पार्टी र गठबन्धनका निर्णय मिडियाबाट मात्रै थाहा पाउँछु : गगन थापा

सोमवार , श्रावण ८, २०८०

  • 1.4K
    Shares
  • 1.4K
    Shares
  • काठमाडौं, ८ साउन । 
    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी र गठबन्धनका निर्णय आफूले सञ्चार माध्यमबाट थाहा पाउने गरेको गुनासो गरेका छन् । त्यस्तो परिपाटी अझै अन्त्य हुन नसकेको उनको भनाइ छ ।

    कांग्रेस महामन्त्रीको हैसियतले आफू पनि निर्णय प्रक्रियामा सहभागी हुनुपर्नेमा पार्टी र सत्ता गठबन्धनमा आबद्ध दलले गरेका निर्णय सञ्चारमाध्यमबाट थाहा पाउनुपर्दा दुःख लागेको उनको भनाइ थियो ।

    पार्टीको जारी केन्द्रीय समिति बैठकमा सोमबार धारणा राख्दै महामन्त्री थापाले भने, ‘म पार्टीको महामन्त्री हुँ तर पार्टीका कतिपय र सत्ता गठबन्धनका निर्णयमा सहभागी हुन पाइन, सञ्चार माध्यमबाट खबर पाउनुपर्छ, भोलिपल्ट बिहान फेरि मिडिया नै प्रश्न गर्छन्, प्रोसेसमा सहभागी हुन पाइन पार्टी र गठबन्धन बैठकका निष्कर्षका भारी मात्रै बोक्नुपर्यो ।’ उनले भ्रष्टाचार नियन्त्रणका लागि १३ बुँदे धारणा तयार गरेर नेतृत्वसमक्ष बुझाउने तयारी गरेको बताए ।