२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

९ बुँदे माग राख्दै लुम्बिनी निर्माण व्यवसायी संघले बुझायो ज्ञापनपत्र

मंगलवार , श्रावण ९, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ९ साउन ।
    विभिन्न ९ बुँदे माग राख्दै लुम्बिी निर्माण व्यवसायी संघ रुपन्देही जिल्ला कार्यसमिति, सिद्धार्थनगरले ज्ञापनपत्र बुझाएको छ । मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको संघका कोषाध्यक्ष प्रितम रौनियारले बताए । ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने नेपाल निर्माण व्यवसायी महासंघको केन्द्रीय कार्यक्रम अनुसार रुपन्देही ज्ञापनपत्र बुझाइएको रौनियारले जानकारी दिए ।

    संघले सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाहरुको एकमुष्ट रुपमा म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, अत्याधिक र अप्रत्याशित रुपमा भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने र रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभइ काम हुन नसक्ने एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने माग गरेको छ ।

    त्यस्तै चेक बाउन्स र बैंक ग्यारेण्टी जफत गर्नेलगायतका कारवाही रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गरिनुपर्ने, स्रोतमा कट्टा गरेको अग्रीम आयकर र मूल्य अभिवृद्धि करको कट्टी गरेको रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र कानूनमा संशोधन गरिनुपर्ने संघको माग छ ।