images

सोमवार, बैशाख २४ गते २०८१

लुम्बिनीमा निर्माण हुने एकीकृत खानेपानी, ढल व्यवस्थापनसम्बन्धी राय–सुझाव संकलन

लुम्बिनीमा निर्माण हुने एकीकृत खानेपानी, ढल व्यवस्थापनसम्बन्धी राय–सुझाव संकलन

images
images
images
बिहिवार, श्रावण ११ २०८०
बिहिवार, श्रावण ११ २०८०
  • लुम्बिनीमा निर्माण हुने एकीकृत खानेपानी, ढल व्यवस्थापनसम्बन्धी राय–सुझाव संकलन

    लुम्बिनी, ११ साउन ।
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा निर्माण हुने एकीकृत खानेपानी, ढल व्यवस्थापन तथा ईन्सिनिरेटर आयोजनासम्बन्धी रायसुझाव संकलन कार्य बिहीबार सम्पन्न भएको छ ।

    images
    images
    images

    यो योजनाको लागी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारीको क्रममा आयोजना कार्यान्वयन हुँदा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रभावित पार्ने विषयहरुलाई लिएर स्थानीय सरोकारवालाहरुको राय सुझाव संकलन गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलनमानले नगरलाई जनताले चाहेजस्तो बनाउन खोजेको बताए । उनले नगरबाट निस्केका फोहोरमैलालाई समुचित रुपमा व्यवस्थापन गर्ने गृहकार्य अघि बढ्न सुरु भएको र सो विषयमा वृहत छलफल चलिरहेको जानकारी दिए ।

    ‘लुम्बिनी साँस्कृतिक नगरमा एकीकृत रुपमा विकास गर्न र नगरलाई स्वच्छ एवं हराभरा बनाउन सो आयोजना अघि सारिएको हो, ’उनले भने । विकासका काम गर्दा यस क्षेत्रका प्राकृतिक, भौतिक प्रणाली, साँस्कृतिक, सामाजिक,आर्थिक र पर्यटनमा असर नपर्ने गरी गर्नुपर्नेमा उनले बताए ।

    छलफलमा केन्द्रित भएको आयोजनालाई मूर्त रुप दिन आफू सकारात्मक भएको भन्दै उनले सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए ।

    कार्यक्रममा नगर उपप्रमुख कल्पना हरिजनले नगरबाट निस्केका ढललाई उचित रुपमा व्यवस्थापन गर्नुपर्ने आजको आवश्यकता देखिएको बताइन् । उनले एकीकृत खानेपानीको विकासमा समेत नगर लागिपरेको औल्याइन् ।

    नगरपालिकामा भएको कार्यक्रममा वातावरण तथा ईन्जिनियरहरुले सो आयोजनाकाबारेमा प्रस्तुतीकरण दिएका थिए । एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना पानीपोखरी, काठमाडौंको आयोजनामा सार्वजनिक कार्यक्रम भएको थियो ।
     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij