
हमालको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन
मंगलवार , माघ ६, २०७७
बुटवल, ६ माघ ।
ढुवानी व्यवसायी समिति, रुपन्देहीको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले श्यामराज हमालको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा अनिल श्रेष्ठ, प्रथम उपाध्यक्षमा रामकाजी केसी, द्वितीय उपाध्यक्षमा ज्ञानेन्द्र प्रसाद श्रेष्ठ, महासचिवमा रामप्रसाद गैरे (विष्णु), सचिवमा गोविन्द श्रेष्ठ तथा कोषाध्यक्षमा शंकर लम्साल निर्वाचत भएका छन् । त्यसै गरी सदस्यहरुमा माधव प्रसाद आचार्य, उज्जवल केसी, रामनारायण ठाकुर र कमलराज ढुंगाना निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता केशवराज पोखरेलले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको बसेको पहिलो बैठकले समितिको सल्लाहकार र सदस्यहरु मनोनित गरेको छ । महासचिव रामप्रसाद गैरेका अनुसार बैठकले सल्लाहकारमा माधव नेपाल, लोकराज पोखरेल, रामकृष्ण लोहनी र जीतबहादुर भाटलाई चयन गरेको छ भने विकास आचार्यलाई मानोनित कार्यसमिति सदस्य बनाएको छ ।
नवनिर्वाचित अध्यक्ष श्यामराज हमालले आफुले संस्था र व्यवसायीहरुको हितमा इमान्दार भइ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस अघि साधारणसभा तथा अधिवेशनको समितिका संस्थापन अध्यक्ष हुतासन रेग्मीले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि रेग्मीले ढुवानी व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन व्यवसायीहरुको एकतामा जोड दिए । उनले ढुवानी व्यवसायलाई राज्यले अन्य व्यवसायसंग जोडेर हेरिदिदा हाम्रा समस्याहरु ओझेलमा परेको हुदा त्यसलाई चिर्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै पश्चिमाञ्चल यातायात व्यवसायी समितिका पूर्व अध्यक्ष तथा ढुवानी समितिका सल्लाहाकार लोकराज पोखरेलले ढुवानी सेवामा सरकारले लगाएको भ्याट खारेज गर्न आग्रह गर्दै ढुवानी व्यवसायलाई संसक्त बनाउन जरुरी रहेको बताए ।
पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव जितबहादुर भाटले ट्रक व्यवसायी र ढुवानी व्यवसायी एकअर्काका परिपुरक रहेका कारण समस्या समाधान गर्न एक भएर अगाडी बढ्नु पर्ने धारणा राखे ।
समितिका निर्वतमान अध्यक्ष माधव नेपालले व्यवसायी व्यवसायीहरुबीचको अस्वस्थ प्रतिष्पर्धाले सबैभन्दाबढी हामीलाई नै नोक्सान गरेकोतर्फ सचेत बन्न सबै व्यवसायीहरुलाई आग्रह गर्दै विगतका कामहरुलाई अगाढी बढाउन सुझाव दिए ।
कार्यक्रममा समितिका अध्यक्ष कमल घिमिरेले कोरोना संक्रमणको महामारीले ढुवानी व्यवसायीहरुले व्यहोर्नु परेको आर्थिक नोक्सानमा राज्यकातर्फबाट राहातको ठोस प्याकेज पाउन नसकेको उल्लेख गर्दै आगामी दिनमा दीर्घकालीन योजना तथा रणनीति अघि सारेर जानु जरुरी भएको बताए । व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै व्यवसायिक हकहित संरक्षण गर्न र संस्थालाई सामाजिक उपश्थितिमा दरो बनाउनु जरुरी भएको उल्लेख गरे ।
कार्यक्रममा महासचिव रामप्रसाद गैरेले समितिको मेघा प्रोजेक्टका रुपमा अगाडी सारिएको ट्रान्सर्पोट नगर निमार्ण गर्ने काम अगाडी बढेको बताउदै बुटवल उप–महानगरपालिकासंगको सहकार्यमा व्यवसायीहरुको सक्रियतामा कम्पनी निमार्ण गरी उपमहानगरपालिका वडा नम्बर १२ मा ट्रन्सपोर्ट नगरको निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उद्घाटन सत्र समितिका अध्यक्ष कमल घिमिरेको अध्यक्षता, महासचिव रामप्रसाद गैरेको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष श्यामराज हमालको स्वागतमा भएको थियो ।
अधिवेशनको बन्दसत्रमा प्रस्तुत महासचिव रामप्रसाद गैरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन छलफल पश्चात पारित गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij