२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली बालुवाटार पुगे

आइतवार , श्रावण १४, २०८०

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, १४ साउन । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सदनको अवरोध अन्त्यसहितका विषयमा छलफल भएको छ । 

    आइतबार बालुवाटार पुगेका अध्यक्ष ओलीसँग प्रधानमन्त्री प्रचण्डले अवरुद्ध सदन खोल्नेलगायतका विषयमा कुराकानी गरेका हुन् । 

    उनीहरुबीच प्रधानन्यायाधीश सिफारिस, संवैधानिक परिषद्को बैठकलगायतका विषयमा कुराकानी भएको हो ।