२०८२, भाद्र १९ गते

Sep 04 2025 | २०८२, भाद्र १९ गते

८० वर्षकोे उमेरमा नागरिकता 

मंगलवार , माघ ६, २०७७

  • 3.4K
    Shares
  • 3.4K
    Shares
  • अर्घाखाँची, ६ माघ ।
    अर्घाखाँचीमा ८० वर्षको उमेरमा एक वृद्ध महिलाले नेपाली नागरिकता प्राप्त गरेकी छन् । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनारमा जन्मेकी पोमकला खनाल विगत ४० वर्षदेखि सन्धिखर्क नगरपालिका २ कुरस्थित छोरीको घरमा बस्दै आएकी थिइन् ।

    मानसिक सन्तुलन गुमाएकी वृद्धालाई मालारानी ३ का वडाअध्यक्ष शोभाखर खनालको पहलमा उनी बसेको घरमा प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको नेतृत्वमा गएको जिल्ला प्रशासनको टोलीले नागरिकता प्रदान गरेको हो । नागरिकता नहुँदा ती वृद्धाले वृद्धभत्ता समेत पाएकी थिइनन् ।