२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

रुपन्देहीमा भन्सार छलेर ल्याइएका कपडा बरामद

मंगलवार , श्रावण १६, २०८०

  • 11.6K
    Shares
  • 11.6K
    Shares
  • भैरहवा, १६ साउन ।
    रुपन्देही प्रहरीले भन्सार छलेर ल्याइएको अवैध कपडा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा रु. ५ लाख ९ हजार ५ सय (सवारीसाधन) सहित बरामद गरेको हो ।

    बरामद गरिएको कपडा, सवारीसाधन र मानिसहरुसमेत आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।

    डीएसपी अर्यालका अनुसार प्रहरीले सोमबार रुपन्देहीको मायादेवी गाउँपालिका–६ स्थित बेथरीमा कोटहीमाई गाउँपालिका– ३ का २१ वर्षिय बिजय भरले चलाएको लु ४७ प ४८३७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको रु. १ लाख ४९ हजार मूल्य बराबरको १४० पिस कुर्ता सुरुवाल (मोटरसाइकलसहित) बरामद गरेको छ ।

    त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिका–६ स्थित लोफडियामा गैडहवा गाउँपालिका–७ का ३७ वर्षिय सन्त कुमार खरबिन्दले चलाएको लु १ ह १६९४ नम्बरको ई–रिक्सामा ल्याउँदै गरेको रु. ३ लाख ६० हजार ५ सय मूल्य बराबरको कपडा (जेन्स अण्डर वेयर ५५० र सेन्डो भेष्ट १ हजार १ सय पिस ई–रिक्सासहित) बरामद गरिएको प्रहरीले जनाएको छ ।