२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

पुर्नकर्जावाट वञ्चित हुनुपरेको पर्यटन व्यवसायीको गुनासो 

मंगलवार , माघ ६, २०७७

बुटवल, ६ माघ ।
होटल तथा पर्यटन व्यवसायीका समस्या र समाधानका विषयमा बुटवलमा सरोकारवाला निकायका प्रतिनिधिहरुसंग छलफल गरिएको छ । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजना,, नेपाल पर्यटन बोर्ड लुम्बिनी प्रदेशका प्रमुख, नाटाका लुम्बिनी प्रदेश अध्यक्ष र पर्यटन व्यवसायीहरुको सहभागितामा मंगलबार बुटवलमा छलफल भएको हो । 

सोही छलफल तथा अन्तरक्रियामा बोल्ने होटल तथा पर्यटन व्यवसायीले कोरोनाका कारण पीडित भएका व्यवसायीलाई सरकारले उपलब्ध गराउने भनेकोे पुर्नकर्जाबाट वञ्चित  हुनु परेको गुनासो गरेका छन् । पहुँचमा रहेकाले मात्र सरकारी सेवासुविधा ल्याएको र सर्वसाधारण स्वरोजगार व्यवसायीको पहुँच नहुँदा वञ्चित हुनुपरेको उनीहरुको गुनासो छ । 

कोराना भाइरसका कारण पर्यटन व्यवसायीले घरवहाल र बैंकको व्याज समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका थिए । पर्यटन व्यवसायी राज्यको पहुँचमा नभएको गुनासो गर्दै आन्तरिक पर्यटन प्रवद्र्वन र विकासका लागि गम्भिर बन्न उनीहरुले सरकारसंग माग गरेका छन । सरकार सकरात्मक भएमा होटल तथा पर्यटन व्यवसायीका समस्या निराकरण हुनै बताउँदै उनीहरुले उज्यालो शहरको रुपमा विकास गर्न माग गरेका छन ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका लुम्बिनी प्रदेशका प्रमुख लिलाबहादुर बानियाले आन्तरिक रुपमा पर्यटनलाई व्यवस्थापन गर्न सकिएमा राज्यलाई फाइदा हुने र पर्यटन व्यवसायीको व्यवसायमा सुधार आउने बताए । उनले पर्यटन क्षेत्रको विकासका लागि विकेन्द्रिकण हुनुपर्ने र पर्यटन प्रवद्र्वनमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले यस क्षेत्रको पर्यटनलाई विकास र व्यवस्थितका लागि आगामी असोजदेखि नेपाल पर्यटन बोर्डको लुम्बिनी प्रदेश कार्यालय स्थापना गरिने जानकारी दिए । 
संस्कृति तथा पर्यटन मन्त्रालयमा रहेको ३० करोड बजेट यसै क्षेत्रको पर्यटनको विकासका लागि ल्याउनका लागि पहल भइरहेको समेत उनले जानकारी दिए । 

नाटाका लुम्बिनी प्रदेश अध्यक्ष सागर अधिकारीले पर्यटन व्यवसायीका समस्याप्रति राज्यसंग पहल गरेर व्यवसायीलाई सेवासुविधा उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरे । कोरोनाका कारण नेपाल–भारतको सीमा पूर्ण रुपमा सुचारु नहुँदा पर्यटन व्यवसायी मारमा परेको बताउँदै आन्तरिक पर्यटनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

होटल व्यवसायी  महासंघ नेपालका संस्थापक अध्यक्ष माधव नेपालले रुपन्देहीमा  आउने आन्तरिक र बाह्य पर्यटकलाई बसाल्न सक्ने गरी व्यवसायलाई स्तरवृद्धि गर्न माग गरे । 

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही अध्यक्ष समुन्द्र जिसीले पर्यटन व्यवसाय सेवामूलक व्यवसाय भएकाले रातिमा पनि व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए । 

कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, प्रदेश सदस्य रामप्रसाद गौतम, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, प्रथम उपाध्यक्ष बावुराम गौतम द्वितीय उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव माधव कुमार खनाल, सचिव मोहन पाण्डे, खुमानन्द गिरी, पे्रस सल्लाहकार यमलाल भुसाल लगायतले पर्यटन व्यवसायीको संरक्षण र लगानी सुरक्षाका लागि सरकारले आन्तरिक पर्यटक विस्तार गर्ने योजना ल्याउन माग गरे ।