images

मंगलवार, बैशाख २५ गते २०८१

स्वास्थ्य सेवाको पहुँच बढाउन लुम्बिनी साँस्कृतिक नगरपालिकामा एम्बुलेन्स सेवा 

स्वास्थ्य सेवाको पहुँच बढाउन लुम्बिनी साँस्कृतिक नगरपालिकामा एम्बुलेन्स सेवा 

images
images
images
बुधवार, श्रावण १७ २०८०
बुधवार, श्रावण १७ २०८०
  • स्वास्थ्य सेवाको पहुँच बढाउन लुम्बिनी साँस्कृतिक नगरपालिकामा एम्बुलेन्स सेवा 

    लुम्बिनी, १७ साउन ।
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा रहेका एम्बुलेन्सलाई सुचारु गरिएको छ । आम नगरबासीको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै नगरका नगरप्रमुख सजरुद्दीन मुसलमानले ३ वटा स्वास्थ्य चौकीलाई थप ३ वटा एम्बुलेन्स हस्तान्तरण गर्दै सुचारु गर्न निर्देशन दिएका छन । 

    images
    images
    images

    लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ स्थित लुम्बिनी स्वास्थ्य केन्द्र, वडा नम्बर ९ स्थित खुदावगर स्वास्थ्य चौकी, वडा नम्बर ११ स्थित मसिना स्वास्थ्य चौकीलाई मंगलबार एक कार्यक्रमकाबीच एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले बताए ।

    सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सजरुद्दीन मुसलमानले नागरिकमा स्वास्थ्य सेवाको पहँच बढाउन मानवीय सेवाको कार्य भएको बताए । योसँगै नगरपालिकामा ५ वटा एम्बुलेन्स नियमित रुपमा सेवामा भएको जानकारी दिए ।

    लुम्बिनी प्रदेश सरकारको अनुदानमा थप ३ वटा एम्बुलेन्स प्राप्त भएकाले गर्भवती महिलाहरुको हकमा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने  नगरप्रमुख मुसलमानले बताए । समयमै उपचार नहुदाँ अकालमै कसैले पनि मृत्यवरण गर्न नपरोस् भन्ने उद्देश्यले कुनै पनि स्वास्थ्य समस्या पर्न साथ तुरुन्त सम्पर्क गर्न आग्रह गर्दै २४ घण्टा एम्बुलेन्स सेवा दिन नगर तयार भएको समेत उनले बताए । नगरले स्वास्थ्य क्षेत्रको विकासमा उच्च प्राथमिकता दिएर काम गरिरहेको उनको भनाइ छ ।

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष अकरामुद्दीन नाउ मुसलमान, स्वास्थ्य चौकी प्रमुख सुमन थापा, वडा नम्बर ९का वडाअध्यक्ष कमाल अख्तर फकिर, स्वास्थ्य चौकी प्रमुख प्रमोद ज्ञवाली, वडा नम्बर ११ का वडा सदस्य शिव प्रसाद यादव, स्वास्थ्य चौकी प्रमुख बुद्धनाथ बरईलगायतको उपस्थिति रहेको थियो । एम्बुलेन्स सञ्चालन भएसँगै स्थानीयले खुशी व्यक्त गरेका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij