२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्छ ढुक्क हुनुस् : प्रचण्ड

संविधान र संघीयता दुवै समाप्त हुने खतरा : नेपाल

मंगलवार , माघ ६, २०७७

काठमाडौं, ६ माघ । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना भएरै छाड्ने बताएका छन् । जननिर्वाचित प्रतिनिधिसभा विघटन गरेर मुलुकमा फेरी राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष प्रचण्डले संंसद भंग गरेर मुलुकलाई अन्यौलतातर्फ धकेल्ने प्रयास भइरहेको विचार प्रकट गरेका छन् ।

प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले मुलुक बर्वाद भइरहँदा प्रधानमन्त्री केपी ओली ठट्टा मजाक र रमाइलो गर्दै हिडेको आरोप लगाए । संबिधान, संघीयता र लोकतान्त्रिक गणतन्त्रलाई धरापमा पारेर दुनियाँ हसाँउदै हिड्नु अराजकताको पराकाष्ठ भएको जिकिर गर्दै अध्यक्ष प्रचण्डले परिवर्तनको पक्ष तथा प्रतिगमनको विपक्षमा जनमत निर्माण गर्न सञ्चार जगतको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका छन् ।

अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा जस्तो सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थालाई संविधानविपरीत गएर विघटन गरिनु राजनीतिक इतिहासमा विडम्वना भएको बताए । सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन सुरु गरिएको र यसमा पत्रकारको सकारात्मक भूमिका आवश्यक रहेको पनि उनको भनाइ थियो ।

पार्टी स्थायी कमिटी सदस्य एवं केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगेश भट्टराईले पार्टीभित्रको प्रवृत्ति बदल्न नसक्दा मुलुकमा सात दशक लामो जनताको संघर्षबाट प्राप्त गणतन्त्र, संघियता लगायतका उपलब्धिहरु खतरामा परेको बताए ।

कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु रिजाल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, लेखक तथा वरिष्ठ पत्रकार नारायण वाग्ले लगायतले प्रतिनिसधसभा बिघटन पुर्ण रुपले संविधानविपरीत हो भन्ने कुरा आम जनतालाई बुझाउन सकेमा संसद पुनःस्थापना भएरै छाड्ने विश्वास ब्यक्त गरेका थिए ।