२०८२, फाल्गुण ५ गते

Feb 17 2026 | २०८२, फाल्गुण ५ गते

माओवादी केन्द्रीय सदस्यसहित तीनजना एमालेमा प्रवेश

बुधवार , श्रावण १७, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • काठमाडौं, १७ साउन । 
    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् ।

    माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गरेका हुन् ।