२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

रुपन्देहीको मर्चवारमा एक व्यक्तिको शव फेला, हत्याको आंशका  

बुधवार , माघ ७, २०७७

  • 3.5K
    Shares
  • 3.5K
    Shares
  • भैरहवा । रुपन्देहीको मर्चवारमा एक जना व्यक्तिको शव फेला परेको छ। रुपन्देहीको मायादेवी गाउँपालिका ७ गरकट्टी भन्ने स्थानमा दानव नदीको किनार नजिकै खेतमा आगो लगाएर जलाएजस्तो अबस्थामा शव फेला परेको रुपन्देही प्रहरीले जनाएको छ। 

    अन्दाजी ३५ वर्षका ती पुरुषलाई जलाएर हत्या गरिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। खेतमा आगो लगाएर जलाएको जस्तो देखिने ती व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसन्धान अधिकृत केशव केसीले जानकारी दिए। 

    उनका अनुसार खेतमा फेला परेको शव आंशिक रुपमा जलेको छ। घटनास्थलमा रगत र प्लाष्टिकको पाइप पनि भेटिएको छ। 
    घटनामा संलग्न दोषीको पहिचान हुन सकेको छैन्। शवको पनि सनाखत हुन सकेको छैन्। सनाखतका लागि १ सय बढी स्थानियलाई बोलाएर देखाए पनि पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। 

    घटनाका दोषिको पहिचानका लागि  नेपालगञ्जबाट तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ। शवको सनाखतका लागि १ सय भन्दा बढी स्थानीयलाई बोलाएपनि सनाखत हुन नसकेको उनले बताए।

    घटना ६ माघ को हो। प्रहरीले शवलाई पोस्टमार्टमका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाएको प्रहरी निरिक्षक किशोर आर्चायले जानकारी दिए।