२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कर समायोजन गर्ने सिद्धार्थनगर नगरपालिकाका प्रमुख खानको प्रतिवद्धता

शुक्रवार , श्रावण १९, २०८०

भैरहवा, १९ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इस्तियाक अहमद खानले चालू आर्थिक वर्षमा नगरपालिकाले बढाएको कर समायोजन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नगरपालिकाले अस्वभाविक रुपमा कर वृद्धि गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ । यसै सन्दर्भमा नेपाली काँग्रेस सिद्धार्थनगर समितिले कर घटाउन माग गर्दै शुक्रबार नगरप्रमुख खानलाई ज्ञापनपत्र बुझाएको छ । 

ज्ञापपत्र बुझ्दै १० दिनभित्र कर समायोजन गर्ने नगरप्रमुखले प्रतिवद्धता व्यक्त गर्नुभएको काँग्रेस सिद्धार्थनगरका सभापति कोशिष बहादुर खड्काले जानकारी बताए ।  

काँग्रेस नगर समितिले कर घटाइ सहज वातावरण सिर्जना गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको उपसभापति देवराज न्यौपानेले बताए ।