२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगरभित्र नागरिकले सम्पत्ति कर तिर्नका लागि सम्पत्ति बेच्नुपर्ने अवस्था आयो : माओवादी केन्द्र

शुक्रवार , श्रावण १९, २०८०

भैरहवा, १९ साउन ।
नेकपा (माओवादी केन्द्र) सिद्धार्थनगर कमिटी भैरहवा, रुपन्देहीले सिद्धार्थनगर नगरपालिकाभित्र बसोबास गर्ने नागरिकले सम्पत्ति कर तिर्नका लागि सम्पत्ति नै बेच्नुपर्ने अवस्था आएको बताएको छ । शुक्रबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाउँदै माओवादी केन्द्र सिद्धार्थनगरले हालसालै वृद्धि गरिएको करलाई आर्थिक वर्ष २०७९÷०८० लाई नै कायम गरी अगाडि बढाउन माग गरेको छ । 

वर्षौैदेखि व्यापारिक कर नतिरेका व्यवसायीलाई छुट दिइएकोमा नगरपालिकाको निर्णयलाई सम्मान गर्दै नियमित रुपमा कर तिरेको व्यवसायलाई कम्तीमा २ वर्षको कर छुट मिलाउन ज्ञापनपत्र माग गरिएको पार्टीका सिद्धार्थनगर कमिटी अध्यक्ष नारायण बहादुर हमालले बताए ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकाले नेपाल सरकारको अधिनमा रहेको सरकारी जग्गा एकीन गरी नगरले संरक्षण गर्नु राम्रो भएको र उक्त कार्य समर्थन गर्दै पार्टीको सहयोग गरेको माओवादी केन्द्र सिद्धार्थनगर कमिटीले जनाएको छ । 

उक्त संरक्षण कार्यमा कुनै व्यक्ति विशेषलाई लक्षित गरी सिद्धार्थनगर–११ मा संरक्षणको काम भएकोले आफूहरुको ध्यानाकर्षण भएको माओवादी केन्द्र सिद्धार्थनगरका इञ्चार्ज फैज अहमद खानले बताए ।

‘त्यससम्बन्धमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ देखि १३ सम्म व्यक्ति विशेषले उपभोग गरेको खाली जग्गा गराएमा हाम्रो कुनै आपत्ति नभइ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । इञ्चार्ज खानले भने, ‘कुनै व्यक्ति विशेषलाई मात्रै लक्षित गरियो भने आपत्ति विरोध रहनेछ । यस कार्यलाई विधि पद्दति तथा प्रक्रिया अनुसार अगाडि बढाउन अनुरोध छ ।’