२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सम्पत्ति कर वृद्धि गर्ने निर्णय फिर्ता लिन सिद्धार्थनगर नगरपालिकासँग जसपाको माग

शुक्रवार , श्रावण १९, २०८०

भैरहवा, १९ साउन ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर कार्यसमिति, रुपन्देहीले सम्पत्ति वृद्धि गर्ने निर्णय फिर्ता लिन सिद्धार्थनगर नगरपालिकासँग माग गरेको छ । शुक्रबार नगरप्रमुख इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाउँदै अत्याधिक मात्रामा गरिएको कर वृद्धिले गरीब, किसान तथ जनताको ढाड सेकिएको बताएको छ । 

हाल आएर आर्थिक वर्ष २०८०/०८१ बाट लागू हुने गरी सिद्धार्थनगर नगरपालिकाबाट गरीब किसान तथा जनताबाट तिर्दै आएको सम्पत्ति करमा अत्याधिक प्रतिशतले कर वृद्धि गरिएकोप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको जसपा सिद्धार्थनगरका उपाध्यक्ष मनोज प्रजापतिले बताए । 

सम्पत्ति कर वृद्धि गर्ने निर्णय फिर्ता नभए आफूहरु सिद्धार्थनगर नगरपालिकाको विरोधमा सडकबाट आन्दोलनमा उत्रिने जसपा सिद्धार्थनगरका सचिव अनिल यादवले बताए ।

जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादवले १५ दिनभित्र कर वृद्धिको निर्णय नसच्याए कडा आन्दोलनमा उत्रिने बताए ।

ज्ञापनपत्र बुझाउन जसपाका केन्द्रीय सदस्य महेन्द्र यादव, रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवलगायत नेता तथा कार्यकर्ता सिद्धार्थनगर नगरपालिका कार्यालय पुगेका थिए ।