
शुक्रवार , श्रावण १९, २०८०
भैरहवा, १९ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सम्पत्ति करलाई अनियमित तरिकाले वृद्धि गर्ने निर्णय नगरबासीमाथि अत्याचार थप्नु सरह भएको भन्दै भैरहवा युवा सञ्जालले विरोध गरेको छ ।
शुक्रबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले निर्णयको भत्सर्ना गर्दै यो निर्णयलाई १५ दिनभित्र सच्याउन माग गरेको हो ।
सञ्जालका अध्यक्ष बैजनाथ गुप्ता (बी.एन.)को नेतृत्वमा नगरपालिका कार्यालय पुगेको टोलीले नागरिक आर्थिक मन्दी र बढ्दो बैंक ब्याजदरबाट पीडित भएको नगरप्रमुखलाई अवगत हुँदाहुँदै पनि सम्पत्ति करमा वृद्धि गर्नु नगरबासीमाथि अत्याचार थप्नु सरह भएको बताएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij