२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

सिटिजन्स बैंकद्वारा देवदहको जनप्रिय माविमा शैक्षिक सामग्री वितरण

आइतवार , श्रावण २१, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • भैरहवा, २१ साउन ।
    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड भलुही शाखाले रुपन्देहीको देवदह नगरपालिका–१० भलुहीस्थित श्री जनप्रिय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार शैक्षिक सामग्री वितरण गरेको भलुही शाखा प्रबन्धक कृष्ण ज्ञवालीले बताए ।

    श्याम थापाको सञ्चालनमा भएको कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश प्रमुख प्रदीप कुमार श्रेष्ठ, देवदह नगरपालिकाका निवर्तमान प्रमुख हिरा बहादुर खत्री, वडाअध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर जि.सी., विद्यालयको प्राचार्य गायत्री प्रसाद अर्याललगायतको सहभागीता रहेको थियो ।