बिहिवार , श्रावण २५, २०८०
काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको जानकारी प्रहरीले सभामुख देवराज घिमिरेलाई दिएको छ।
प्रहरी अतिरिक्त महानिर्देशक किरण बज्राचार्यले सांसद शर्मा पक्राउ परेको जानकारी सहितको पत्र सभामुख घिमिरेलाई पठाएकी हुन्। सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बिहीबार मण्डिखाटारबाट पक्राउ गरेको हो।
प्रहरीले सभामुख घिमिरेलाई पत्र पठाएर दिएको जानकारीमा सांसद शर्माको शैक्षिक प्रमाण पत्रबारेका विषय अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij