images

सोमवार, बैशाख २४ गते २०८१

लुम्बिनीमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी तालिम

लुम्बिनीमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी तालिम

images
images
images
शनिवार, श्रावण २७ २०८०
शनिवार, श्रावण २७ २०८०
  • लुम्बिनीमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी तालिम

    लुम्बिनी, २७ साउन ।
    रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा जलवायु परिर्वतनसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । विकास तथा प्रकोप व्यवस्थापन केन्द्र नेपालको आयोजनामा भएको तालिममा समापन कार्यक्रममा बोल्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख (मेयर) सजरुद्दीन मुसलमानले विपद् जतिबेला पनि आउन सक्ने भएकाले यसको पूर्वतयारी गर्नुपर्ने बताए । सामान्यता बाढी, आगलागी, पहिरो, भुकम्प, चट्टान आदि पर्ने हुँदा सो घटनाबाट बच्नका लागी सावधानी अपनाउने र उद्दारका लागी तयारी अवस्थामा बस्नुपर्नेमा उनले जोड दिए ।

    images
    images
    images

    विपद्ले भय निम्ताउने बताउँदै यसको रोकथाम र उद्दारका लागी प्रतिकार्य तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नगरप्रमुख मुसलमानको भनाइ छ ।

    विपद्ले मानवीय तथा भौतिक क्षति भइरहेको समाचार सञ्चार माध्यममा आइरहेको बताउँदै लुम्बिनीमा जोखिम हुनबाट बच्नका लागि प्रतिकार्य सचेतनामूलक तालिमले महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे ।

    विपद् परेको बेला उद्दारका लागी नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई उद्दार सामग्री समेत प्रदान गर्दै आएको र यो तालिमबाट सिकेका कुरालाई व्यवहारमा उर्तान्ुपर्ने मेयर मुसलमानले औल्याउँदै आगामी दिनमा समेत नगरपालिकाले विपद्जन्य कार्यक्रम गर्दै जाने बताए ।

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाअध्यक्षहरु, नगरपालिकाका विपद् शाखा प्रमुख शेषराम यादव लगायतको आतिथ्यता रहेको थियो ।
     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij