२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

अवरुद्ध संसद खुलाउन अब कांग्रेसले पहल गर्नुपर्छ : प्रकाशमान सिंह

शनिवार , श्रावण २७, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २७ साउन । 
    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनुपर्ने बताएका छन् । संसद अवरोध गर्नु उचित नभएको भन्दै ठुलो दलको हैसियतमा कांग्रेसले अवरुद्ध संसद खुलाउन पहलकदमी लिनुपर्ने बताएका हुन् । 

    कांग्रेस काठमाडौं क्षेत्र नं १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले सम्वादमार्फत् संसद् सुचारु गर्न प्रतिपक्षी दल नेकपा एमालले सबैभन्दा बढी त्याग गर्नुपर्ने बताएका छन । ‘प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गरिरहेको छ, यो संसद अवरुद्ध भइरहनु राम्रो कुरा होइन, अब ठुलो दलको हैसियतमा कांग्रेसले नै संसदको अबरोध हटाउन पहल गर्नुपर्छ,’ सिंहले भने । 

    विगतमा पनि कांग्रेसले नै अगुवाइ गरेर धेरै विषयको राजनीतिक गतिरोध अन्त्य भएको स्मरण गराउँदै सिंहले तत्कालै यसका लागि पहल गर्नुपर्ने बताएका छन ।

    १०० केजी सुन प्रकरण भन्सारवाट निकाले पछि राजश्व अनुसन्धान विभागले समाएको थियो । साउन पहिलो साता समातेको सो सुन अघि पनि सयौं केजी सुन तस्करीमार्फत आएको जनाउँदै प्रतिपक्षी दल नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको छ । जसकाकारण संसद सुचारु हुन नसकिरहेको बेला कांग्रेस नेता सिंहको सो भनाइ बाहिर आएको हो ।