२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर परिसरमा बुद्धको मूर्ति अनावरण

सोमवार , श्रावण २९, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, २९ साउन ।
    नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालय परिसरमा बुद्धको मूर्ति अनावरण तथा प्राण प्रतिष्ठा गरिएको छ । सोमबार रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रादेशिक कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक सत्येन्द्र राज सुवेदी, उप-निर्देशक जीवन प्रकाश पाण्डे, लुम्बिनी बौद्ध विश्वविद्यालयका उप–प्राध्यापक खेन्पो फुर्वा शेर्पालगायतले मूर्तिको अनावरण गरेका हुन् ।

    IMG_5178.JPG

    ४ लाख रुपैयाँको लागतमा (बेष्मेन्टसहित) बुद्ध मूर्ति निर्माण गरी अनावरण गरिएको राष्ट्र बैंक सिद्धार्थनगरका उप-निर्देशक जीवन प्रकाश पाण्डेले बताए । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका प्रतिनिधि पुष्कर ज्ञवाली, बैंकका कर्मचारी, भिक्षुलगायतको उपस्थिति रहेको थियो । 

    IMG_5204.JPG