२०८३, आषाढ १३ गते

Jun 27 2026 | २०८३, आषाढ १३ गते

राप्रपा सिद्धार्थनगर–१२ को भेला तथा अधिवेशन सम्पन्न

बिहिवार , माघ ८, २०७७

  • 4.2K
    Shares
  • 4.2K
    Shares
  • भैरहवा, ८ माघ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर–१२ को वडा भेला तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गुमानसिंह सोनीको अध्यक्षतामा २३ सदस्यीय वडा इकाई समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    समितिको उपाध्यक्षमा कविता कार्की, सचिवमा सुमन पौडेल र कोषाध्यक्षमा बिना सिग्देल निर्वाचित छन् । त्यस्तै सल्लाहकारमा बबी थकालीलाई चयन गरिएको राप्रपाले जनाएको छ ।

    कार्यक्रममा राप्रपा रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सिद्धार्थनगर अध्यक्ष राजेश ढकाल, युवा नेता बलराम शर्मा, अर्जुन थापा, मदन कान्दु, शंकर खत्री, ई. चन्द्रभक्त श्रेष्ठ, गोपाल भण्डारी, दिपक पाण्डे, प्रकाश ढाडी लगायतको उपस्थिति रहेको थियो ।