
बिहिवार , माघ ८, २०७७
तिलोत्तमा, ८ माघ ।
तिलोत्तमा चेम्बर अफ कमर्सको तेस्रो अधिवेशन यही माघ १४ गते हुने भएको छ । माघ १० गतेका लागि तय गरिएको अधिवेशन माघ १४ गते बुधबारका लागि सारिएको हो । शंकरनगरस्थित रेडिसन पार्टी प्यालेसमा बिहान १०ः४५ बजे हुने अधिवेशनको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष झविन्द्रप्रसाद कंडेलले जानकारी दिए ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृव चयन गर्नेछ । नयाँ नेतृत्वका लागि भने अध्यक्ष लगायतका सबै पदाधिकारीमा एक/एक जना र सदस्यहरुमा तोकिएको संख्यामा मात्रै उम्मेदवारी परेपछि कार्यसमिति निर्विरोध भइसकेको छ ।
यद्यपी निर्वाचन समितिले औपचारिक घोषणा भने अधिवेशन पछि नै गर्ने जनाएको छ । निर्वाचन समितिका संयोजक कृष्ण नेपालका अनुसार आगामी कार्यकालको लागि संघको अध्यक्षमा बाबुलाल भुसाल निर्विरोध भएका छन् ।
त्यस्तै प्रथम उपाध्यक्षमा रामचन्द्र पाण्डेय, द्धितीय उपाध्यक्षमा नेत्रप्रसाद न्यौपाने, महासचिवमा विष्णु बहादुर बराल क्षेत्री, कोषाध्यक्षमा बाबुराम कंडेल र सचिवमा मान बहादुर वर्मा पनि निर्विरोध भएका छन् । त्यस्तै निर्वाचित हुने १७ जना कार्यसमिति सदस्य पदमा पनि १७ जना र १ जना लेखासमिति संयोजक र २ जना लेखासमिति सदस्य निर्विरोध भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij