images

सोमवार, बैशाख १७ गते २०८१

लाखौं मानिसको मनमा बस्न सफल तर राज्यबाट सधैं उपेक्षित एक संघर्षशिल महिला

लाखौं मानिसको मनमा बस्न सफल तर राज्यबाट सधैं उपेक्षित एक संघर्षशिल महिला

images
images
images
बुधवार, श्रावण ३१ २०८०
बुधवार, श्रावण ३१ २०८०
  • लाखौं मानिसको मनमा बस्न सफल तर राज्यबाट सधैं उपेक्षित एक संघर्षशिल महिला

    दुर्गा घिमिरे, बिराटनगरको तीन्पैनिमा बिक्रम सम्बत २००५ सालमा आमा शान्ता आचार्यको कोखबाट जन्म लिएकी र बाबु गणेश प्रसादको आचार्यको स्नेहमा एक घराना परिवारमा हुर्किएर बिक्रम सम्बत २०२५ सालको प्रजान्त्रतिक आन्दोलनमा होमिएर प्रजातन्त्र स्थापनाका लागि जेलको समेत यात्रा गरेकी र तत्कालिन समयमा चेलीबेटी बेचबिखन जस्तो जघन्य अपराधको बिरुद्धमा संस्था नै खोलेर लागि परेकी साहित्यकार,प्रजातान्त्रिक आन्दोलनकी योद्धा, सामाजिक अभियन्ता र राज्यबाट सधै उपेक्षित एक संघर्षशिल महिलाको नाम हो ।

    images

    नेपाल जस्तो अल्प बिकसित मुलुक जहा,आजको २१औं शताब्दीमा पनि महिलालाई दोश्रो दर्जाको नागरिकका रुपमा ब्यबहार गरिन्छ । जहा,आजका दिनसम्म पनि बालबालिका,महिलाहरुले बलात्कार, बेचविखन, बालविवाह, बहुविवाह, अनमेल विवाह, घरेलु हिंसा, हत्या र यौन शोषणका घटनाहरुबाट मुक्ति पाउन सकेका छैनन भने आजभन्दा ३६ बर्ष पहिले महिला अधिकारका कुरा उठाउनु र संस्था नै दर्ता गरि महिला बिरुद्ध हुने अन्यायका लागि लड्नु चानचुने कुरा थिएन । नेपालमा प्रजातन्त्र आयो भने नेपाली महिलाहरुले पनि पुरुष सरह आफ्नो अधिकारको प्रत्याभूति गर्न पाउछन् भनेर तत्कालिन राजतन्त्रका बिरुद्ध २०२५ सालमा मुखमा कालो पट्टि बाधेर प्रजान्त्रतिक आन्दोलनमा होमिनु एक महिलाको लागि चानचुने कुरा पक्कै थिएन । बिडम्बना, महिला र बालबालिकाका लागि निरन्तर आवाज उठाउदै आएकी र सो बापत पटक पटक जेलको काल कोठरीमा बस्न बाध्य पारिएकी संघर्षशिल महिलालाई राज्यले कहिले पनि चिन्न सकेन । उनि सधै राज्यको नजरबाट ओझेलमा परिन् ।

    २०२५ साल देखिको इतिहासलाई हेर्ने हो भने, राजतन्त्रको बहिर्गमन संगै,नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र प्रणालीमा गैसकेको छ । नेपालको संबिधान २०७२ मा महिलाको समान हकका कुरा गरिएको छ तर महिला अधिकार र समानताका कुराहरु कागजमा मात्र सिमित छ । महिलाले समानताको लडाई शुरु गरेको एक शताब्दी बिती सकेकोछ । आजका दिनमा पनि महिला बिरुद्धको शोषण,असमानता र विभेदको जरो हट्न सकेको छैन । परम्परा र प्रचलन, पुरुष प्रधान समाज, धर्म र संस्कृति, भेदभावपूर्ण कानुनका कारण महिला माथिको विभेद र शोषणको जरो हट्न नसक्नु र नेपाली समाजमा सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, धार्मिक क्षेत्रमा महिला र पुरुष बीच विभेद कायमै रहनु दुखद कुरा हो । यसको उदाहरणको रुपमा यिनै दुर्गा घिमिरेलाई लिन सकिन्छ ।
    नेपालमा प्रजातन्त्रको उदय  पश्चात,सरकारले राजनैतिक भागबण्डा, चाप्लुसिकार र आफ्ना आसेपासेलाई बर्षेनी बिभिन्न विभूषण र सम्मान गर्ने गरेको छ तर २०२५ साल देखि नेपालमा प्रजातन्त्र स्थापना र महिला अधिकारकालाई ब्यबहारमा लागु गर्न निरन्तर संघर्ष गर्दै आएकी घिमिरेलाई नेपाल सरकारले सधै उपेक्षित गरेको छ ।

    राज्यले तपाईलाई उपेक्षित गरेको जस्तो लाग्दैन ? भन्ने यस पंक्तिकारको भनाइमा, उनले भनिन “मैले कहिले पनि राज्यले सम्मान गर्छ कि ? भनेर काम गरिन र गर्दिन पनि, यो राज्यको कुरा हो । मलाई ति हजारौ महिला तथा बालबालिकाहरु, जो बेचबिखनमा परेकाहरुको उद्धार गरिएको छ र उनीहरु आफ्नो परिवारमा पुनर्स्थापना भएका छन् र समाजमा ससम्मान आफ्नो अस्तित्व कायम गर्न सफल भएका छन, उनीहरुको सधै म प्रति स्नेह, सम्मान र आदर छ । यो नै मेरो जिबनको ठुलो पुरस्कार र सम्मान हो ।” अहिले, उनका समकालीन तथा उनकै नेतृत्वमा नेपालमा प्रजातन्त्र स्थापना गर्न र महिला अधिकारका लागि वकालत गर्नेहरु राष्ट्रपति, प्रधानमन्त्री, सभासद देखि राज्यको हरेक निकायमा छन् तर उनले आफ्ना लागि केहि मागीनन्, मागिन त केवल, महिला हक र पुरुष सरह अधिकारका कुराहरु मागिन ।

    नेपाल सरकारले उनको योगदानलाई चिन्न नसके पनि बि.स.२०२५ साल देखि राजतन्त्रको बिरुद्धमा आन्दोलन गरेकी घिमिरेलाई Gorkha Dakshin Bahu Medal, Grade Four, contributing the field of social work, 1982 मा राजा बीरेन्द्रले समाजसेवी दुर्गा घिमिरे भनि सम्मान गरे । जुन राजतन्त्रले उनलाई राजद्रोहको मुद्धा चलायो त्यहि राजतन्त्रले उनलाई विभूषित गर्‍यो । उनलाई सयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाले चिनेका छन् र सम्मान गरेका छन् । International Award, “Resourceful Women Award” 1994 from Sgaler Adam Foundation, Rotary Vocational Award, from RI Kolkatta, ditrict 3290, for contributions towards the protection of rights of children  and women, 2003, Reflection of hope Award, Oklahoma National Foundation, Oklahoma, 200, Social Worker Award, Bhadra Ghale Sewa Sadan, kathmandu, 2012, Help for Self Help Award, Stromme Foundation, 2012 जस्ता अनगिन्ति पुरष्कार, सम्मान तथा  नगदबाट सम्मानित भएकी घिमिरेले उक्त पुरस्कार बापत प्राप्त नगद संस्थाको कोषमा जम्मा गरेकी छिन् र उक्त रकमबाट बेचबिखनमा परेका बालबालिका तथा किशोरकिशोरीहरुको उच्च शिक्षाका लागि खर्चेकी छिन् ।

    कबःःबलषत.jpg

    देशमा लोकत्रान्त्रिक व्यवस्था लागु भईसकेको छ । संबिधानले महिलाहरुको अधिकारलाइ सुनिश्चित गरिदिएको छ । समयको परिबर्तनशिलता र नेपाली जनताको माग सँगै देश संघ, प्रदेश र स्थानीय हुदै तीन तहमा विभाजन भएको छ । नेपालको संबिधानलाई दक्षिण एसियाकै उत्कृष्ट महिला मैत्री संबिधान भन्ने गरिन्छ । मौलिक हकको धारा ३८ ले महिलाको हक सुनिश्चित गरेको छ । कानूनले महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरको छ तर दुर्गा घिमेरे जस्ता महिलाहरुले आफ्ना अधिकारका लागि निरन्तर संघर्ष गरिरहनु परेको छ ।

    कबःःबलब.jpg

    संघीय समाबेशी लोकत्रान्त्रिक व्यबस्थाको क्रममा, विभिन्न बर्ग,क्षेत्र र समुदायका जनताले आ आफ्नो हक अधिकार सुनिश्चित गर्नको लागि हरेक तह र तप्कावाट भरपुर कोशिस गरि रहेकाछन् तर आधा आकास ओगटेको महिलाहरुको पुरुषहरु सरह समान हक अधिकार सुनिश्चित गर्ने कुरामा अहम रुपमा निर्बाह गर्नुपर्ने भूमिकामा राज्य,राजनीतिक दलहरुले बठाई गरिरहेका छन् । राज्य संचालनको महत्वपूर्ण  स्थानमा पुरुषको तुलनमा महिलाहरुको सहभागिता अत्यन्त न्यून छ । महिलाहरुलाई बन्चितमा पारिएको छ । आधा आकाश ओगटेका महिलाहरुको अधिकारका लागि हजारौ दुर्गा घिमिरेको आबश्यकता र एक्यबद्धताको खाचो छ । सरकारले देश र जनताका लागि निरन्तर लडिरहेका दुर्गा घिमिरे जस्ता महिलाहरुको खोजि गर्नु पर्दछ र उनीहरुको योगदानको कदर गर्नु पर्दछ ।

    दुर्गा घिमिरे एउटा प्रतिनिधि पात्र मात्र हुन् । यो लेखको उद्धेश्य, कुनै व्यक्ति विशेषमा केन्द्रित भएर लेखिएको भने होइन उनलाई उदाहरणका रुपमा प्रस्तुत गरि राज्यको ध्यानकर्षण गर्न खोजिएको हो । उनि जस्ता धेरै महिलाहरु जसले यो देशका लागि रगत र पसिना खर्चे, उनीहरुलाई राज्यले उपेक्षित नगरोस र कामको आधारमा सम्मान गरोस् । जसको कारण हजारौ नयाँ पुस्ताहरुले उनीहरुको योगदानबाट प्रेरणा लिन सकुन र राज्यको समग्र बिकासमा योगदान पुर्याउन भन्ने नै यो लेखको आशय हो ।  

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij