images

सोमवार, बैशाख १७ गते २०८१

मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउदै सम्बादका किशोरीहरु

मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउदै सम्बादका किशोरीहरु

images
images
images
बिहिवार, श्रावण ३२ २०८०
बिहिवार, श्रावण ३२ २०८०
  • मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउदै सम्बादका किशोरीहरु

    भैरहवा । नेपाली समाजमा मानसिक स्वास्थ्य एउटा ठुलो समस्याको रुपमा देखिएको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्भेक्षण २०७७ लाई हेर्दा, नेपालको कुल जनसंख्याको लगभग ५ दशमलव २ प्रतिशत १३ देखि १७ बर्ष उमेर समूहका किशोरकिशोरीहरुमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या देखिएको छ । उक्त तथ्यांक अनुसार, नेपालमा लगभग एघार लाख जनताहरु मानसिक स्वास्थ्य सम्बन्धि समस्याले ग्रसित रहेका छन् । 

    images

    विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुसार मानसिक स्वास्थ्य र लागू औषध दुव्र्यसनीका कारण विश्वमा प्रमुख रुपमा ५ जना व्यक्ति मध्ये १ जना अपाङग सहितको जीवन बाच्नु परेको छ । नेपाल जस्तो न्युन आय भएको देशमा मानसिक स्वास्थ्य सम्बन्धि समस्या अझ व्यापक हुनसक्ने अनुमान विभिन्न संचार माध्यममा बेलाबेलामा सुन्न पाईन्छ । 

    उक्त आँकडा हेर्दा तराइको अबस्था झन् बिकराल हुनसक्ने अनुमान गरिएको छ । बेरोजगारी, बालबिबाह, दाइजोप्रथा, जातीय विभेद, लागुपदार्थ दुब्र्यशनी, सामाजिक कुरिति जस्ता अनगिन्ती
    समस्याले गर्दा तराइमा मानसिक स्वास्थ्यको अवस्था झन् बिकराल बनदै गएको छ । विगतममा मानसिक स्वास्थ्य समस्याको कारणले गर्दा नवलपरासी पश्चिम सरावल गाउँपालिकाकी एक किशोरीले झुन्डिएर आत्महत्या गर्नु परेको गाउँपालिकाकी सम्बाद किशोरकिशोरी संजालकी शारदा पाण्डेले जानकारी दिईन । बिगतमा किशोरीले ज्यान गुमाएको कारणले गर्दा मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले स्ट्रोम फाउन्डेसन र पालिहनन्दन गाउँपालिकाको आर्थिक सहयोगमा “किशोरी मैत्री फुटबल प्रतियोगिता” आयोजना गरेको बताइन् ।

    Kisore 1.jpg

    समाजमा मानसिक स्वास्थ्य सम्बन्धि जनचेतना फैलाउने उदेश्यले संचालित उक्त किशोरी मैत्री फुटबल प्रतियोगितामा सरावल, पालिहनन्दन र सुस्ता गाउँपालिकाका किशोरीहरुको सहभागिता रहेको थियो । तराइका केहि ठाउँहरुमा अहिले पनि छोरीहरुलाई घरबाट सहजै निस्कन त्यति सहज छैन् छोरीलाई पढाएर के हुन्छ ? अर्काको घरमा जाने त हो नी ? बरु छोरालाई पढायो भने विदेश गएर कमाएर ल्याउछ भन्ने सोच बिद्मान हुँदासम्म अवस्था परिवर्तन हुन नसक्ने किशोरीहरुको भनाई छ । 

    भारतसंग सिमाना जोडिएको र छोरीहरुको सुरक्षाको अवस्था अन्य स्थानभन्दा भिन्न भएको ठाउँमा किशोरीहरुले फुटबल प्रतियोगिता आयोजना गरि उक्त प्रतियोगितामा स्वयम भाग लिएर छोरीहरु पनि छोरासरह खेल्न सक्छौ भन्ने उदाहरण दिन प्रतियोगिता राखिएको उनको भनाई छ । 

    किशोरीहरुले बेला बेलामा मानसिक स्वास्थ्य र महिला हिँसा सम्बन्धि बिभिन्न जनचेतनामुलक कार्यक्रम पनि गर्दै आएका छन् । बिभिन्न सरोकारवालाहरुसंगको समन्वय र सहयोगमा मानसिक स्वास्थ्य र महिला हिँसा सम्बन्धि अन्तरक्रिया, बादबिबाद प्रतियोगिता, चित्रकला प्रतियोगिता र साइकल र्याली जस्ता कार्यक्रमहरु गर्दै आएका छन् । 

    पालिनन्दन गाउँपालिकाका अध्यक्ष बैजनाथ प्रसाद गुप्ताले भने, “आजको २१ औ शताब्दिमा पनि केहि समुदायमा महिलाले बुर्का लगाएर हिड्नु पर्ने, छोरी भन्दा छोरालाई प्राथमिकता दिने हाम्रो समाजमा किशोरीहरुले हिम्मत गरेका छन्, उनीहरुले उठाएको मानसिक स्वास्थ्य सम्बन्धि बिषयले हामीलाई पनि घच्घच्याएको छ ।” मानसिक स्वास्थ्य र महिला हिँसा हाम्रो समुदायमा मौलाउदै गईरहेको छ यसको निराकरणका लागि गाउँपालिका दृढ रहेको छ, उनले भने । 

    सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले ए.बि.सी.नेपालद्वारा संचालित सम्बाद कार्यक्रमको सकारात्मक प्रभावले किशोरीहरुमा रुपान्त्रण आएको बताए । उनीहरुको कामले समुदायका किशोरीहरुमा समुदायको रुपान्तरणका लागि हामीले पनि काम गर्नुपर्छ भन्ने भावनाको बिकास हुदै गईरहेको छ अध्यक्ष चौधरीले समुदायमा बढ्दै गएको मानसिक स्वास्थ्य सम्बन्धी बढ्दो समस्यालाई न्युनिकरण गर्न टेवा पुगेको छ । उनले यस बिषयमा संघिय सरकारले अझबढी ध्यान दिनुपर्ने र अझ बढी लगानी गर्नुपर्नेमा जोड दिएका छन् । 

    किशोरकिशोरी संजालद्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय सरोकारवालाहरु, सम्बाद किशोरकिशोरी संजालका पधाधिकारीहरु, ए.बि.सी.नेपालका प्रमुख मनोज लामिछाने, कार्यक्रम मुल्यांकन अधिकृत कृति थापा मगर, आर्थिक तथा वित्त अधिकृत नन्दकिशोर चौधरी, ए.बि.सी.नेपालका फिल्ड सुपर भाइजर शाईदा निशा पठान, राजेश कुमार हरिजन, संजित कुमार शर्मा लगायतले मानसिक स्वास्थ्यका बिषयमा बहष गरेका थिए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij