२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनी निर्माण व्यवसायी संघले बनायाे व्यवसायिक भवन

बिहिवार , माघ ८, २०७७

भैरहवा, ८ माघ । लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माणसम्पन्न गरेको व्यवसायिक भवनको समुदघाटन गरिने भएको छ । यही माघ १० गते शनिबार भवनको समुद्घाटन गर्ने कार्यक्रम रहेको संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ ।

IMG_0731.JPGशनिबार बिहान ११ बजे समुद्घाटन कार्यक्रम सुरु हुने लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष विनय ज्ञवालीले बताए । भवनको नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंहले समुद्घाटन गर्ने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिए ।

दुईतले आठ कोठे भवन ४५ लाखको लागतमा भवन निर्माण गरिएको उनले बताए ।  भवनको भुंइतला र पहिलो तलामा ४/४ गरी ८ वटा सटर रहेको भनाइ छ । ‘निर्माण व्यवसायीहरुबाटै रकम संकलन गरेर भवन निर्माण गरिएको हो, संस्थाको कोष अभिवृद्धिमा यसले सहयोग पुग्छ भन्ने उद्देश्यले यो कार्यमा लागेका हौं,’ ज्ञवालीले भने ।

भवनको गत भदौ १५ गते शिलान्यास गरी २४ गतेदेखि निर्माण कार्य सुरु गरिएको भवन निर्माण समितिका संयोजक तथा संघका निवर्तमान अध्यक्ष दामोदर शर्मा घिमिरेले बताए । भवन निर्माण आचारसंहिता अनुसार नै भवन  निर्माण गरिएको संघका सल्लाहकार उज्जवल पोखरेलले बताए । 

वि.सं. २०५३ सालमा स्थापना भएको लुम्बिनी निर्माण व्यवसायी संघमा हाल ३५०  जना सदस्य आबद्ध रहेको संघका कोषाध्यक्ष प्रितम रौनियारले बताए ।