२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

आँखा अस्पताललाई १० लाख बढीको उपकरण हस्तान्तरण

शनिवार , श्रावण १७, २०७७

भैरहवा, १७ वैशाख ।
एभरेष्ट बैंक लिमिटेडले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान श्री रण अम्बिका शाह आँखा अस्पताल तथा रिसर्च सेन्टरलाई उपकरण हस्तान्तरण गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई अटोरेष्टिक्टर मिटर र केराको मिटर नामक उपकरण हस्तान्तरण गरेको हो । 

दृष्टीदोष पत्ता लगाइसकेपछि प्रयोग हुने चस्माको पावर जाँचका लागि उक्त मेसिन प्रयोग गरिने अस्पतालले जनाएको छ । बैंकिङ सेवासंगसंगै सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आइरहेको एभरेष्ट बैंकले आँखाका विरामीहरुलाई सेवा दिन सहज होस् भनेर अस्पतालको आवश्यकतालाई मध्यनजर गर्दै उतm उपकरण हस्तान्तरण गरिएको एभरेष्ट बैंक सिद्धार्थनगर शाखाका प्रबन्धक शान्ति शर्माले जानकारी दिइन ।

हस्तान्तरित उपकरण १० लाख १४ हजार ९ सय ९६ मुल्य बरावरको रहेको छ । उपकरण बैंकका प्रदेश ५ प्रदेश प्रमुख विष्णु प्रसाद ज्ञवालीले अस्पताल व्यवस्थापन समिति अध्यक्ष सागर प्रताप राणालाई हस्तान्तरण गरेका हुन् ।

उपकरण ग्रहण गर्दै अस्पतालका अध्यक्ष राणाले एभरेष्ट बैंकले आँखाका विरामीको सुविधालाई महत्व दिएको भन्दै बैंक परिवारलाई धन्यवाद दिए । उपकरणको सही सदुपयोग गरेर धेरै भन्दा धेरै बिरामीलाई सेवा दिने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बैंकका सिद्धार्थनगर शाखा प्रबन्धक शान्ति शर्मा, अस्पताल व्यवस्थापन समिति सदस्य राजेन्द्र प्रसाद पन्थी, अस्पतालका चिफ मेडिकल डाइरेक्टर प्रा. डा. ज्ञानेन्द्र लामिछाने, अस्पतालका चिकित्सक, कर्मचारी, सदस्य लगायतको आतिथ्यता  रहेको थियो । बैंकले यस अघि सिद्धार्थनगर नगरपालिकालाई करिबब ६० लाखको लागतमा वाताअनुकुलित प्रदुषणरहित शव दाह मेसिन हस्तान्तरण, लुम्बिनीका विभिन्न विद्यालयमा पंखा वितरण, कोरोना कहरमा लकडाउनको मारमा परेका सर्वसाधारणलाई राहत वितरण लगायतका सामाजिक कामहरु गर्दै आइरहेको छ ।

बैंकको हाल ११ लाख भन्दा बढी सन्तुष्ट ग्राहक संख्या छ भने देशभर ९५ शाखाबाट विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । प्रादेशिक कार्यालयसहित १२२  एटिएम बुथसहित अत्याधुनिक मोबाइल, ईन्टरनेट, एसएमएस सुविधा दिंदै  ३१ वटा संकलन केन्द्रबाट नेपाल सरकारको राजस्व संकलनमा सहयोग गरिरहेको छ ।