२०८२, आश्विन २ गते

Sep 18 2025 | २०८२, आश्विन २ गते

अवैध रुपमा ल्याउँदै गरेको २४ लाख बढीको सामान बरामद

बिहिवार , माघ ८, २०७७

  • 7.5K
    Shares
  • 7.5K
    Shares
  • नवलपरासी, ८ माघ ।
    पश्चिम नवलपरासी प्रहरीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको २४ लाख ७१ हजार ७ सय रुपैयाँ मुल्य बराबरको मालसामान बिहीवार बरामद गरेको छ ।

    भारतबाट अवैध रुपमा लुकाईछिपाई राखेको २ सय २५ थान डिजल पिस्टन इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका ४ टिसिएन चोकबाट बरामद गरेको हो । उक्त डिजल पिस्टनको प्रतिथान १० हजार रुपैयाँका दरले २ सय २५ थानको अन्दाजी मुल्य २२ लाख ५० हजार रुपैयाँ पर्छ । 

    सो सामान बरामद गरी आवश्यक कारवाहीको लागि बिहीवार नै महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै बिहीवार नै भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी १ लाख ७६ हजार ७ सय रुपैयाँ मुल्य बराबरको दैनिक उपभोग्य तथा खाद्यान्न सामाग्री समेत रामग्राम नगरपालिका–७ उजैनीबाट प्रहरीले बरामद गरेको छ । 

    141118394_1881112925386611_1347757508317926643_n.pngत्यसै गरी भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी ४५ हजार रुपैयाँ मुल्य बराबरको २ सय ५० केजी माछा समेत रामग्राम १० मन्जरीयाबाट प्रहरीले बरामद गरी स्थानीयको रोहवरमा खाल्डो खनि पुरि नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए ।