२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

देव दर्शन मेट्रो एसी बस सेवा अब भैरहवाबाट पनि 

आइतवार , भाद्र ३, २०८०

भैरहवा, ३ भदौ । 
भैरहवाबाट काठमाडौंसम्मको लागि देव दर्शन मेट्रो एसी बस सेवाले दैनिक बस सेवा सञ्चालन गरेको छ । यसअघि कपिलवस्तुको कृष्णनगरबाट सेवा दिदै आएको पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि. अन्तर्गतको देव दर्शनले आइतबारदेखि भैरहवाबाट पनि सेवा सुरु गरेको हो । 

बस प्रत्येक दिन बेलहियाबाट काठमाडौंको लागि साँझ ८ बजे छुटने यसका सञ्चालक किशोर वाग्लेले जानकारी दिए । सोही समयमा काठमाणडौंबाट पनि बेलहियाको लागि बस छुट्नेछ ।

बेलहियाबाट काठमाडौंको भाडा १ हजार २ सय ३० रुपैयाँ तोकिएको अर्का सञ्चालक लिला अधिकारीले बताए । २×२ फोल्डिङ्ग सीट रहेको बसमा सोही भाडामा यात्रुले आरामदायी एवं सुरक्षित यात्राको साथै निःशुल्क वाइफाई, पूर्ण वातानुकुलित सेवा, मोबाइल चार्ज लगायतको सुविधा रहेको अधिकारीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले बढी पर्यटक भित्र्याउने नाकाबाट बस सञ्चालनले यस क्षेत्रको आर्थिक अवस्था थोरै भए पनि चलायमान गराउने बताए । उनले वर्तमान अवस्थामा बस सञ्चालनले सकारात्मक सन्देश जाने बताए । उनले भारतीय पर्यटक लक्षित गरी बस सञ्चालनमा ल्याउन तथा भारतमै राम्रो सन्देश जाने गरी सेवा दिन सुझाव दिए । 

Bus (2).jpg

देव दर्शन मेट्रो बसका सञ्चालक लिला अधिकारीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का प्रतिनिधि सुरेन्द्र क्षेत्री, नेपाल भारत मैत्री संघका अध्यक्ष श्रीचन्द गुप्ताले बोल्दै बेलहियाबाट बस सञ्चालन हुनु सुखद रहेको बताए । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाकाबाट बस सुरु गर्दा यसमा यात्रुको कमी नहुने वक्ताहरुको भनाइ थियो । यसको लागि बसमा भएको सेवा गुणस्तरीय तथा कर्मचारीको व्यवहारमा राम्रो गर्नुपर्ने सुझावसमेत वक्ताहरुको रहेको थियो । कार्यक्रमको सञ्चालन देव दर्शनका सञ्चालक दीपक काफ्लेले गरेका थिए ।