२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

संसद खुलाउन आज पनि सर्वदलीय बैठक

सोमवार , भाद्र ४, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, ४ भदौ । 
    संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा हिजो बसेको बैठकमा सहमति जुटन नसकेपछि आज पनि बैठक बोलाइएको हो । बैठक  दिउँसो ४ बजे बस्नेछ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ । सरकार र प्रतिपक्षी दुवै दल आ–आफना अडानमा कायमै राखेपछि साउन १२ गतेदेखि संसद चल्न सकेको छैन् ।   

    यसबीचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) देखि प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन । यद्यपी, सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरेपछि हिजोको बैठक स्थगित गरी साउन ६ गते प्रतिनिधिसभा बैठक बोलाइएको छ ।