२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

नेकपा एसको पोलिटब्यूरो बैठक बस्दै

सोमवार , भाद्र ४, २०८०

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, ४ भदौ ।
    नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो कमिटीको बैठक बस्दैछ । हिजोदेखि सुरू भएको पोलिटब्यूरो बैठकले आज पनि निरन्तरता पाउन लागेको हो । बैठक बिहान ११ बजे बोलाइएको छ । 

    हिजोको बैठकमा एजेण्डामाथि आफ्ना धारणा राख्ने पोलिटब्यूरो सदस्यहरुमा उमेश डागी, कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गंगा नेपाल, गणेश विके, गणेश काङ्वाङ्, गोपाल बराल, चन्द्र ब. शाही, चिरञ्जिवी आचार्य, टहलबहादुर खडका, दिनेश राइ, दिलु पन्त, देउमान साम्बाहम्फे, देव शन्कर, धर्म निरौला, निरा जैरु, निर्मल सुबवदी, परमानन्द भट्ट, पिएल श्रेष्ठ, प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमल खनाल, बलदेव चौधरी, बसन्त मानन्धर लगायतले आ–आफनो धारणा राखेका थिए । 

    हिजोको बैठकमा अध्यक्ष नेपालले सबै चुनौतिहरुको सामना गर्दै पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको जनाएका थिए । ‘नेकपा एकीकृत समाजवादी समयको माग हो , यसको महत्व दिन दिनै बढिरहेको छ । यो नै कम्युनिष्ट विचारधाराभित्रको उत्तम विकल्प हो, पार्टी सदैव राष्ट्रियताको रक्षा र सम्बर्धन गर्न जनजीविकाको लागि संघर्ष गर्न समाजवादको धेय पुरा गर्न र जनतालाई सुशासन प्रदान गर्न लागि नै रहनेछ,’ नेपालले भने, ‘पार्टी सधैभरी भ्रष्टाचारका विरुद्धमा छ र नेपाल सरकारलाई पनि आजको भ्रष्टाचार विरोधी कार्यलाई निरन्तर अगाडि बढाउन आह्वान गर्दछ ।’