२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

कोशी प्रदेशसभा बैठक एमाले र राप्रपाद्वारा बहिस्कार

बुधवार , भाद्र ६, २०८०

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, ६ भदौ । 
    नेकपा एमाले र राप्रपाका सांसदहरुले कोशी प्रदेशसभाको बैठक बहिस्कार गरेका छन् । बुधबार बसेको बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले बहिस्कार गरेका हुन् । मुख्यमन्त्रीको विश्वासको मतका क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् ।

    बुधबारको बैठकको अध्यक्षता पनि सहभागीमध्येका ज्येष्ठ सदस्य कांग्रेसका इसराइल मन्सुरीले गरेका छन् ।
    मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा सभाका अध्यक्ष इसराइल मन्सुरीले थापाको पक्षमा मत दिएका थिए । सोही कार्यको विरोधमा एमाले र राप्रपाका सांसदले नाराबाजी गर्दै बैठक बहिष्कार गरेका हुन् ।