२०८३, बैशाख १५ गते

Apr 28 2026 | २०८३, बैशाख १५ गते

पाँचकेजी चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

शुक्रवार , भाद्र ८, २०८०

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • सिरहा, ८ भदौ ।
    सिरहा प्रहरीले करिब पाँच केजी चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाको पूर्वीनाका नेपाल–भारत सीमा क्षेत्र भगवानपुर गाउँपालिका–४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतबाट नेपालतर्फ आइरहेका पैदलयात्री जिल्ला मधुबनी बरहमपुरा–३ का ५२ वर्षिय विश्वनाथ साहलाई पक्राउ गरेको हो ।

    विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा कपडाको धोक्रोमाहाली नाइटोभन्दा मुनी कमरमा बाँधेको अवस्थामा पाँच लाख मूल्य बराबरको पाँच केजी चाँदीसहित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्र पाण्डेले जनाएको छ ।

    पक्राउ परेका भारतीय नागरिक साहलाई आवश्यक अनुसन्धानको लागि चाँदीसहित ईलाका प्रहरी कार्यालय लहान पठाइएको डीएसपी पाण्डेले जनाए ।