images

मंगलवार, बैशाख २५ गते २०८१

उपाध्यक्ष लामाद्वारा बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण

उपाध्यक्ष लामाद्वारा बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण

images
images
images
शुक्रवार, भाद्र ८ २०८०
शुक्रवार, भाद्र ८ २०८०
  • उपाध्यक्ष लामाद्वारा बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण

    भैरहवा, ८ भदौ ।
    लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्यार लामा (प्रथम योल्मो खेन्पो छिमे छिरिङ) ले बृहत्तर लुम्बिनी क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् । शुक्रबार बुद्धले २९ वर्ष बिताएको प्राचिन तिलौराकोट दरबार क्षेत्रसहित कपिलवस्तुका बुद्धस्थलहरुको निरीक्षण गरेका हुन् ।

    images
    images
    images

    तिलौराकोट दरबार क्षेत्रको निरीक्षण गर्दै बुद्धको जीवनमा निकै महत्वपूर्ण स्थलका रुपमा रहेको यसको विकासमा ध्यान दिने बताए । उनले तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतको तयारीमा रहेको बताउँदै यसलाई पर्यटकमैत्री बनाउनेतर्फ ध्यान दिने बताए ।

    संविधानसभा सदस्य तथा पूर्व राज्यमन्त्री समेत रहेका डा. लामाले प्राचीन शाक्यहरुको राजधानी कपिलवस्तु निकै महत्वपूर्ण स्थल रहेकाले यहाँ तीर्थालुहरुलाई मध्यनजर गरी ध्यान तथा पूजा स्थल, बत्ती बाल्ने स्थान आवश्यक देखिएकाले पहल गर्ने बताए । उनले तिलौराकोट दरबारमा तत्काल दुवै साईडमा रहेका झाडी, बुट्यानहरुको सरसफाई, ध्यान तथा पूजा स्थल बनाउनका लागि पहल गर्ने बताए । 

    डा. लामाले विश्वभरका बौद्धमार्गीहरुलाई एकपटक लुम्बिनीसँगै तिलौराकोट र रामग्राम लगायतका बृहत्तर लुम्बिनी क्षेत्रमा भ्रमणका लागि अनुरोध गरे । उनले बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउने र यसको प्रवद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरी आगामी महिनादेखि हजारौं धार्मिक पर्यटकहरु भित्र्याउन सुरु गर्ने बताए । 

    उपाध्यक्ष डा. लामाले ३ वटा बुद्ध नेपालमै जन्मिएको स्थल भएकाले निकै महत्वपूर्ण रहेको भन्दै तिलौराकोट, रामग्रामसहित वृहत्तर लुम्बिनी क्षेत्रको विकास गर्ने बताए । ‘म भर्खर आएको छु, पहिले यहाँको अवस्थाबारे जानकारी लिदैछु’ उपाध्यक्ष लामाले भने–‘स्थानीय, अगुवाहरु, पत्रकारहरुको सुझावका आधारमा बुद्ध जन्मस्थलसहितका क्षेत्रहरुको विकास गर्नेछु ।’ उनले आफू परिणामुखी काम गर्ने गरी जिम्मेवारी समालेको बताए । उपाध्यक्ष डा.लामासहितको समूहले कपिलवस्तुको तिलौराकोटसँगै कुदान, गोटीहवा, सगरहवा, निलिहवा, अरुणकोट, सिसनिया र जगदीशपुर ताल लगायत स्थानहरूको अवलोकन तथा निरीक्षण गरेको छ । निरीक्षणमा कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले प्राचिन कपिलवस्तु, तिलौराकोट दरबार र कपिलवस्तुका बौद्धस्थलहरुका बारेमा जानकारी गराएका थिए । 

    निरीक्षणमा कोषका परिषद सदस्य गोपी कृष्ण शर्मा, तिलौराकोट इकाका माधवप्रसाद आचार्य लगायतको सहभागिता रहेको थियो । यसअघि  बिहीबार उपाध्यक्ष  डा.लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिकस्थल रामग्रामको अवलोकन एवं निरीक्षण गरेका थिए ।

    त्यस्तै बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ विहारखण्ड सकुर्लर लेभी, शान्तिदीप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआईलाई समेत पर्यटकमैत्री बनाउने र तत्काल मायादेवी परिसरमा दर्शनार्थीलाई दीप प्रज्वलन गर्ने व्यवस्था बनाउने गरी काम थाल्ने समेत उपाध्यक्ष लामाले प्रतिवद्वता जनाएका छन् ।

    लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै डा. लामाले कर्मचारीहरुसँग भेटघाट, कार्यालयहरुको योजना लगायतका विषयमा जानकारी लिएका छन् ।  

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij