२०८२, भाद्र ५ गते

Aug 21 2025 | २०८२, भाद्र ५ गते

एमालेको सचिवालय बैठक स्थगित

शनिवार , भाद्र ९, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • सिरहा, ९ भदौ । 
    लगातारको अविरल वर्षका कारण सिरहामा भदौ ९ गते शनिबार हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक केही दिनको लागी स्थगित गरिएको छ ।

    सिरहाको धनगढीमाई नगरपालिका १४ सारे अम्बासमा हुने भनिएको एमालेको केन्द्रीय सचिवालयको बैठक १३ गतेसम्मका लागि स्थगित गरिएको हो।

    पूर्व–पश्चिम राजमार्गबाट करिव तीस किलोमिटर उत्तरतर्फ पर्ने सारे आमवासमा एमालले केन्द्रीय सचिवालय समितिको बैठक ९ गतेको लागि डाकिएको भए पनि मौसम खराब हुँदा स्थिगत गरिएको एमालेका जिल्ला उपसचिव तथा गोलबजारका नगरप्रमुख श्याम श्रेष्ठले बताए ।

    करिब ३४ वर्ष अगाडी धनगढीमाई नगरपालिका १४ सारे आमवासमा बहुदलीय व्यवस्था पुर्नस्थापना हुनुभन्दा ६ महिना अगाडी तत्कालीन मालेले भूमिगत रूपमा चौथो महाधिवेशन गरेको थियो । एमालेले २०४६ सालमा महाधिवेशन गरिएकै घरमा पुनः केन्द्रीय सचिवालयको बैठक आयोजना गर्न लागेको छ ।